सनिश श्रेष्ठको ‘फलिङ फर यु’



काठमाडौं । भ्वाइस अफ नेपालको मञ्चबाट परिचित गायक सनिश श्रेष्ठको सुमधुरस्वरमा सजिएको ‘फलिङ फर यु’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

‘डान्सिङ भर्सन’ को यस गीतलाई कोविद बज्र र कर्म शेर्पाले सयुक्त रुपमा सङ्गीतबद्ध गर्नुभएको हो । जावेद खानले छायाङ्कन गरेको यस भिडियोमा इरा महर्जनको कोरियोग्राफी रहेको छ । म्युजिक भिडियोमा कविता नेपाली र किरण तामाङ्को अभिनय छ ।

युवा पुस्ताले विशेष रुपमा मन पराउने अङ्ग्रेजी शब्दको समेत गीतमा प्रयोग गरिएको छ । नेपाली र अङ्ग्रेजी आधा–आधा प्रयोग गरिनु उपयुक्त नभएको प्रतिक्रिया दर्शक स्रोताले दिएका छन् ।

म्युजिक भिडियोमा नेपाली र अङ्ग्रेजी दुवै बोलमा गीत प्रस्तुत गरिएको छ । लुपी इन्टरटेन्मेन्टको प्रस्तुति रहेको यस भिडियोलाई उज्ज्वल जोशीको सम्पादन र निर्देशनमा तयार पारिएको हो । प्रगति बोगटी निर्माता र समिप सुवेदी भिडियोको सह–निर्माता हुन् । । निर्माण समूहले भिडियोलाई हेरेर र सुनेर प्रतिक्रिया दिन सबैलाई आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘माग्ने राजा’ तीजमा आउने

काठमाडौं । नेपाली फिल्म ‘माग्ने राजा’को आगामी हरितालिका तीजमा आउने भएको छ ।

गोरखामा चलचित्र ‘पहाड’ को छायाङ्कन सुरू

काठमाडौं ।  निर्देशक तुलसी घिमिरेले चलचित्र ‘पहाड’को छायाङ्कन सुरु भएको छ । गोरखा

सेन्सर बोर्डद्वारा ‘लाज शरणम’ लाई प्रदर्शन अनुमति

काठमाडौं । नेपाली फिल्म ‘लाज शरणम’ को सेन्सर पास भएको छ । केन्द्रीय

‘गुलाम अली थ्री जनेरेशन अन वान स्टेज’ कार्यक्रम हुँदै

काठमाडौं । प्रसिद्ध पाकिस्तानी गजलकार गुलाम अलीले नेपालमा प्रस्तुति दिने भएका छन्। गजलकार