’हाम्रो स्वर्ग’ को चैत्र अन्तिम साताबाट छायाँकन सुरु हुने



काठमाडौं । निर्देशक शोभित बस्नेतको निर्देशनमा नयाँ फिल्म ’हाम्रो स्वर्ग’ निर्माण हुने भएको छ । चलचित्रको छायाँकन चैत्र अन्तिम साताबाट सुरु हुनेछ । दुई अभिनेता र दुई अभिनेतृको मुख्य भूमिका रहने फिल्मका लागि अन्य कलाकारको खोजी भइरहेको छ । निर्देशक बस्नेतका अनुसार फिल्ममा यार्सागुम्बा टिप्ने मान्छेहरुको कथालाई चित्रण गरिनेछ ।

कर्णाली प्रदेशवासीको भाषा भेषभुषा र रहनसहनलाई प्रस्तुत गरिने फिल्मले एउटा पृथक र वास्तविक कथा भन्ने निर्माण पक्षले जनाएको छ । फिल्म कर्णाली प्रदेशका १० वटै जिल्लामा छायाँकन गरिनेछ । एनएसके मिडिया नेपालको व्यानरमा निर्माण हुने फिल्ममा शान्ता शर्माको लगानी रहनेछ । फिल्ममा नवदत्त न्यौपानेको संगीत, रामकृष्ण बुड्थापाको कथा र मुख्य सहायक निर्देशक रामजी राउत हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
यश कुमारको नयाँ गीत ‘आँखा बन्द गरेर’

काठमाडौं । गायक यश कुमारले आफ्नो नयाँ गीत ‘आँखा बन्द गरेर’ बजारमा ल्याएका

संविधान दिवसका अवसरमा दरबारमार्गमा ‘नेसनल डे कन्सर्ट’

काठमाडौँ । संविधान दिवसका अवसरमा आज काठमाडौँको दरबारमार्गमा नागरिकस्तरबाट ‘नेसनल डे कन्सर्ट’ आयोजना

‘बेहुली फ्रम मेघौली’को ट्रेलर सार्वजनिक

काठमाडौं । नेपाली चलचित्र ‘बेहुली फ्रम मेघौली’को ट्रेलर सार्वजनिक गरिएको छ । बिहीबार

हेमन्त शर्माले ल्याए दसैं गीत

काठमाडौं । गायक हेमन्त शर्माले दसैं गीत ‘आउँथ्यो दसैं’ ल्याएका छन् । गीतमा