‘२ नम्बरी’को पुनः छायाँकन हुने



काठमाडौं । दीपेन्द्र लामाको निर्देशनमा निर्माण हुने सिनेमा २ नम्बरी पुनः छायाँकन हुने भएको छ । कोरोना महामारीले छायाँकन प्रभावित भएको सिनेमाको टिमले कलाकार, पटकथादेखि निर्मातासम्म हेरेफेर गरेको छ । चैत पहिलो सातादेखि कास्कीको ल्वाङघलेल गाउँबाट सुरु हुने छायाँकन पोखरा आसपासमा पनि हुने प्रस्तुतकर्ता किरण नेपालीले जानकारी दिए । पुनः छायाँकनमा जाँदा बजेट बढेर २ करोड ५० लाख रुपैयाँ पुग्ने निर्माता नेपालीले बताए ।

यति मात्र होइन, तीन वर्षअघिको कथावस्तुमा परिमार्जन समेत गरिएको छ । करणी मुद्दामा सिनेमाका मुख्य अभिनेता पल शाह प्रहरी हिरासतमा रहेका र अर्का अभिनेता जयनन्द लामाको निधन भएको अवस्थामा यी दुई कलाकारको ठाउँमा नयाँ कलाकारले स्थान पाउने छन् । सिनेमा धेरै पार्ट नै पल र जयनन्दजीको थियो, तर उहाँहरु नै नरहेपछि कन्टिन्युटीमा समस्या हुने देखियो र सोही कारण पुनः छायांकन गर्नु परेको निर्माता नेपालीले सुनाए ।

केही दिनमै नयाँ कलाकार सार्वजनिक गरिने उनको भनाई छ । सिनेमाको छायाँकन सुरु हुने भएपछि भुटानी अभिनेतृ उगेन छोदेन मंगलबार थिम्पुबाट काठमाडौंमा आइपुगेकी छन् । सिनेमामा दयाहाङ राई र वर्षा राउतको पनि मुख्य भूमिका रहनेछ । सिनेमाको निर्माता पनि परिवर्तन गरिएको छ । गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ निर्माताको रुपमा ‘२ नम्बरी’मा प्रवेश गरेका छन् ।

सिनेमामा प्रस्तुतकर्ताको रुपमा किरण नेपाली तथा निर्माताहरुमा मनाङेसहित जय श्रेष्ठ र कमलादेवी राई हुनेछन् । सरोज नेपाली कार्यकारी निर्माताको रुपमा छन् । निर्देशक लामाले सामाजिक कथावस्तुमा सिनेमा आधारित हुने र यसले नेपाली समाजको पछिल्लो समयको प्रवृत्तिलाई चित्रण गर्ने बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
यश कुमारको नयाँ गीत ‘आँखा बन्द गरेर’

काठमाडौं । गायक यश कुमारले आफ्नो नयाँ गीत ‘आँखा बन्द गरेर’ बजारमा ल्याएका

संविधान दिवसका अवसरमा दरबारमार्गमा ‘नेसनल डे कन्सर्ट’

काठमाडौँ । संविधान दिवसका अवसरमा आज काठमाडौँको दरबारमार्गमा नागरिकस्तरबाट ‘नेसनल डे कन्सर्ट’ आयोजना

‘बेहुली फ्रम मेघौली’को ट्रेलर सार्वजनिक

काठमाडौं । नेपाली चलचित्र ‘बेहुली फ्रम मेघौली’को ट्रेलर सार्वजनिक गरिएको छ । बिहीबार

हेमन्त शर्माले ल्याए दसैं गीत

काठमाडौं । गायक हेमन्त शर्माले दसैं गीत ‘आउँथ्यो दसैं’ ल्याएका छन् । गीतमा