‘मन्त्र’ बैशाख १६ गतेबाट नेपालभरका सिनेमा घरमा रिलिज हुने



काठमाडौं । सौगात मल्ल र दीया पुनको मुख्य भूमिका रहेको सिनेमा ‘मन्त्र’को रिलिज मिति घोषणा गरिएको छ । मंगलबार राजधानीमा आयोजित कार्यक्रममा सिनेमा आगामी बैशाख १६ गतेबाट नेपालभरका सिनेमा घरमा रिलिज हुने जानकारी दिइएको हो ।

खिल बहादुर गुरुङको निर्देशनमा निर्माण भएको सिनेमामा सौगात र दीयाका अलवा बुद्धि तामाङ, नमिता घिसिङ्ग, वीर बहादुर लामा, पासाङ्ग टि शेर्पालगायतका कलाकारको अभिनय रहेका छ । सिनेमाको कार्यकारी निर्मातामा देवेन्द्र मानन्धर र निर्मातामा रविराज कार्की, सुरेश कार्की र शुभ श्रेष्ठ छन् ।

हिमाली प्रेमकथा भनिएको सिनेमामा साम्तेन भुटियाको कथा, सन्तोष सुनारको संगीत, सञ्जय लामाको छायाँकन, मित्र डि गुरुङको सम्पादन र सुजिल कर्माचार्यको संगीत छ । गोर्खा सिरान चोक एन्ड लिगलिग कोट फिल्मसको ब्यानरमा निर्माण भएको सिनेमामा हिमाली भेगको सुन्दर दृश्यहरु कैद गरिएको छ ।

करिब ५१०० मिटरभन्दा माथिको उचाइमा रहेको मनास्लु हिमालको बेसक्याम्पसम्म पुगेर छायाँकन भएको सिनेमामा मनास्लु क्षेत्र आसपासको कथाबस्तुलाई आधार बनाइएको छ । ‘मन्त्र’ एउटा अर्गानिक सिनेमा रहेको निर्देशक गुरुङले दाबी गरेका छन् ।

दीयाले सगरमाथाको चुचुरोमा राष्ट्रिय झन्डा र सिनेमाको पोस्टर फहराउने जानकारी दिइन् । यसै साता बेलायतबाट नेपाल आएकी दीया बैशाखमा सगरमाथा आरोहण गर्ने तयारीमा छिन् । सिनेमाको प्रदर्शन मिति घोषणा कार्यक्रममा निर्माण टिमले सगरमाथा आरोहण गर्न लागेकी दीया पुनलाई सफलताको शुभकामना दिँदै राष्ट्रिय झन्डासहित सिनेमाको पोस्टर हस्तान्तरण गरेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
यश कुमारको नयाँ गीत ‘आँखा बन्द गरेर’

काठमाडौं । गायक यश कुमारले आफ्नो नयाँ गीत ‘आँखा बन्द गरेर’ बजारमा ल्याएका

संविधान दिवसका अवसरमा दरबारमार्गमा ‘नेसनल डे कन्सर्ट’

काठमाडौँ । संविधान दिवसका अवसरमा आज काठमाडौँको दरबारमार्गमा नागरिकस्तरबाट ‘नेसनल डे कन्सर्ट’ आयोजना

‘बेहुली फ्रम मेघौली’को ट्रेलर सार्वजनिक

काठमाडौं । नेपाली चलचित्र ‘बेहुली फ्रम मेघौली’को ट्रेलर सार्वजनिक गरिएको छ । बिहीबार

हेमन्त शर्माले ल्याए दसैं गीत

काठमाडौं । गायक हेमन्त शर्माले दसैं गीत ‘आउँथ्यो दसैं’ ल्याएका छन् । गीतमा