‘लप्पन छप्पन २’ पहिलो भन्दा १० गुणा राम्रो बनेको निर्माण टिमको दाबी



काठमाडौं । फागुन २० गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘लप्पन छप्पन २’को निर्माण टिमले राजधानीमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरेको छ । सिनेमाको रिलिज नजिकिएसँगै पत्रकार भेटघाट कार्यक्रम आयोजना गरिएको सिनेमा टिमले जानकारी दिएको छ ।

सिनेमाका मुख्य कलाकार सौगात मल्ल र अनुपविक्रम शाही लाखे छायाँकनको लागि मुस्ताङमा रहेकाले अनुपस्थित थिए । कार्यक्रममा अभिनेता थापाले सिनेमाबाट आफूले निकै अपेक्षा गरेको बताए । उनले कोरोना महामारी पश्चात यसरी कार्यक्रममा सहभागी भएर बोल्न पाउँदा खुशी लागेको सुनाए । सिनेमा रिलिजको लागि थोरै समय बाँकी रहेकाले पनि आफूहरु सिनेमालाई धेरै भन्दा धेरै दर्शकसम्म पुर्याउन लागि चुनौती रहेको अभिनेता थापाको बुझाई छ ।

सिनेमा निकै राम्रो बनेकाले पनि दर्शकलाई निराश नबनाउने विश्वास अर्पणको छ । यस्तै निर्देशक मुकुन्द भट्ट ‘लप्पन छप्पन २’ पहिलो पार्ट भन्दा १० गुणा राम्रो बनेको दाबी गर्छन् । सिनेमाको पहिलो भागले दर्शको राम्रो साथ पाएपनि आफू सन्तुष्ट नभएका कारण आफू र दर्शक दुवैलाई सन्तुष्ट बनाउन दोस्रो पार्ट निर्माण गरेको बताउँछन् ।

सिनेमा देशमा अहिले चलिरहेको राजनीतिक विषयसँग मिल्दो जुल्दो भएका कारण पनि दर्शकले नयाँपन पाउनुका साथै मनोरञ्जन पनि भरिपूर्ण पाउने उनको भनाई छ । सिनेमामा अभिनेता शिव श्रेष्ठ पहिलो पटक खराव राजनीतिज्ञको भूमिकामा प्रस्तुत भएका छन् । उनले आफ्नो ४० वर्ष लामो सिनेमा करियरमा पहिलो पटक फरक र चुनौतीपूर्ण भूमिका निर्वाह गर्ने अवसर दिएकोमा निर्माण टिम र निर्देशक मुकुन्द भट्टलाई धन्यवाद दिए ।

उनले अगाडि भने–‘सिनेमामा अभिनय गरेका सवै सुपरस्टार भएपनि आफू भने सामान्य कलाकार मात्रै भएको बताए । ‘म ४० वर्षदेखि सिनेमा क्षेत्रमा छु । अझैपनि मैले धेरै कुरा सिक्दै छु । यो सिनेमाबाट पनि आफुले धेरै नयाँ कुरा सिक्न पाएको छु । मैले सवैभन्दा धेरै आश गरेको सिनेमा पनि ‘लप्पन छप्पन २’ नै हो ।’

नेपाल र विदेशमा छायाँकन गरिएको सिनेमामा अन्तरदेशीय ग्याङस्टर, राजनीति, अपराध र शक्तिको दूषित परिस्थितिलाई चित्रण गरिएको छ । एक्सन ड्रामामा शिव श्रेष्ठ, सौगात मल्ल, अर्पण थापा, अनुपविक्रम शाही, प्रकाश कुँवर, स्व.दीपक क्षेत्री, सरिता गिरी, एञ्जल श्रेष्ठ, अनिल खनाल, राजेन्द्र विष्टलगायतका कलाकारको अभिनय छ ।

खिलेन्द्रराज तिमसिनाको प्रस्तुति ‘लप्पन छप्पन २’बाट शक्ति श्रेष्ठ, केरोलिन कोलिन्डा, सुपर गुरुङ, आना ढकाल, सृजना सिना, रन्जीत वन्तलगायतले अभिनयमा डेब्यु गर्दैछन् । सिनेमाको पटकथा र संवादमा निर्देशक भट्ट र सुनिल नेउरेले काम गरेका छन् । भने, पटकथामा अमित शर्माको पनि साथ छ ।

पुरुषोत्तम प्रधानले खिचेको सिनेमामा शम्भुजित बास्कोटा, राजेन्द्र भट्ट (मिस्टर आरजे), दीपक आरजे र बुलेट फ्लोको संगीत छ । ‘लप्पन छप्पन २’ नेपालीसँगै हिन्दी, तमिल, तेलुगु, भोजपुरी र चाइनिज गरी ६ भाषामा रिलिज हुनेछ । सिनेमामा किङ योगी र दिलिप ओकेडाको कोरियोग्राफी छ । भने, हिमाल केसीसहित निर्देशक भट्ट र सिमोन तामाङको एक्सन, निरज केसीले साउण्ड र मिलन श्रेष्ठले सम्पादनमा काम गरेका छन् ।

सिनेमा निर्माणमा गोल्डेन हिल्स पिक्चर्स सँग रोयल कुँवर इन्टरटेनमेन्ट, इपी एजुकेशन अस्ट्रेलिया, उमी ग्रुप युरोप र म्याक मिडियाले सहकार्य गरेका छन् । सुरज अधिकारी र प्रजापति सिवाकोटीको कार्यकारी निर्माण रहेको सिनेमामा चिजकुमार श्रेष्ठ, प्रकाश कुँवर, निर्मलकुमार मिश्र र सन्तोषचन्द्र भक्रेल निर्माताको रुपमा छन् । सिनेमामा समीर खरेल क्रियटिभ निर्माताको रुपमा रहेका छन् । भने, सह–निर्मातामा राजीव तामाङ, वेदबहादुर तामाङ, रानु तिमिला, ताराचन्द शर्मा र सुरज केसी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘पूर्ण बहादुरको सारङ्गी’ निर्माण हुने

काठमाडौं । फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’को निर्माण घोषणा गरिएको छ । नेपाली फिल्मको

हिमाल जोगाउन विश्वलाई आह्वान गरिरहेका ती ‘दृश्य भाषा’

काठमाडौँ । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको मूर्तिकला विभाग प्रमुख दिनेश्वर महतोले रङ्याएको क्यान्भास

सुम्निमाको ‘तारा’ सार्वजनिक

काठमाडौँ । गायिका सुम्निमाको ‘तारा’ गीत सार्वजनिक भएको छ । के टमोटको शब्द

‘ज्वाइँ साब’ मा विल्सन विक्रम राई

काठमाडौं । नायक विल्सन विक्रम राई आफैं फिल्म निर्देशन गर्ने तयारीमा छन् ।