चलचित्र ‘म’को रिलिज मिति घोषणा, आगामी जेठ २० गते रिलिज हुने



काठमाडौं । कान्तिपुर फिल्म एकेडेमीले बनाएको चलचित्र ‘म’को २०७९ जेठ २० गते रिलीज मिति तोकिएको छ । एकेडेमीका प्रमुख प्रकाश पुरीले वितरक कम्पनीहरु डिसिएन र एफडीसँग रिलिजको सम्झौता गरेका छन् । डिसिएनले काठमाडौं उपत्यका तथा एफडीले उपत्यका बाहिर चलचित्र रिलिज गर्नेछन् ।

‘म’को निर्देशन समीक्षात्मक रुपमा सफल चलचित्र ’सुनगाभा’का निर्देशक सुर्वण थापाले गरेका छन् । यस चलचित्रको कथा कान्तिपुर फिल्म एकेडेमीका सिइओ समेत रहेका प्रकाश पुरीले लेखेका हुन् । यस चलचित्रमा सरोज खनाल, निराजन प्रधान, निशा अधिकारी, रुविना थापा, सरिता लामिछाने, सविन श्रेष्ठ, नरेन खड्का, संजोग रसाइली, पुनम श्रेष्ठ लगायतका कलाकारको अभिनय रहेको छ । कलाकारद्वय रसाईली र श्रेष्ठ सोहि एकेडेमीका विद्यार्थी हुन् ।

चलचित्रका निर्माता विमला हुमागाईं र पदम पुरी हुन् । तेन्जीङ्ग पाल्देनको छायाँकन रहेको यस चलचित्रको सम्पादन बनिस शाहले गरेका छन् । फिल्म पढाउने एकेडेमीले पहिलो पटक निर्माण गरेको र सफल चलचित्र ‘सुनगाभा’ फेम्ड निर्देशक सुवर्ण थापाले निर्देशन गरेका कारण ‘म’मा केह नयाँ हुने अनुमान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘दुश्मन हेरेको हेरै…’ चलेपछि दुर्गेशलाई भ्याइनभ्याइ

काठमाडौँ । गायक दुर्गेश थापाले गत माघ १२ गतेदखि १९ दिन लगातार विभिन्न

महाशिवरात्रिको अवसरमा चार चलचित्रको छायाङ्कन सुरु

काठमाडौँ । महाशिवरात्रिको अवसर पारेर आज चारवटा चलचित्रको मुहुर्त तथा छायाङ्कन सुरु भएको

रोज पौडेल निर्देशित फिल्म ‘कोशेढुंगा’को शुभमुहूर्त

काठमाडौं । फिल्म ‘कोशेढुंगा’को शुभमुहूर्त गरिएको छ । ऐतिहासिक ब्लकबस्टर फिल्म ‘पूर्ण बहादुरको

‘माग्ने राजा’ तीजमा आउने

काठमाडौं । नेपाली फिल्म ‘माग्ने राजा’को आगामी हरितालिका तीजमा आउने भएको छ ।