रामकृष्ण ढकालको ‘तिम्ले बोल्ने बोली’(भिडियोसहित)



काठमाडौं । गायक रामकृष्ण ढकालको स्वरमा रहेको ‘तिम्ले बोल्ने बोली’ बोलको नयाँ गीत ‘भ्यालेनटाइन डे’ को छेको पारेर सार्वजनिक भएको छ । आइतबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गरिएको गीतमा दीपक शर्माको संगीत र नेत्र कोइराला ’आकाश’ को शब्द रचना रहेको छ ।

प्रेमभाव बोल्ने गीतको भिडियोमा आकाश श्रेष्ठ र खुश्बु खड्काले अभिनय गरेका छन् । चलचित्रका निर्देशक समेत रहेका सुव्रत आचार्य निर्देशित म्यूजिक भिडियोमा जया शर्मा क्रियटिभ डाइरेक्टर र सरिता कठायत असिस्टेन्ट डाइरेक्टरको रुपमा छन् । दीपक एम सिंहको कोरियोग्राफी रहेको गीतको भिडियोलाई उत्सव दाहालले खिचेका हुन् ।

रामकुमार श्रेष्ठको सम्पादन रहेको गीतको एरेन्ज मोहित मुनाल र मिक्सिङ किशोर थापाले गरेका हुन् । भिडियो सार्वजनिक कार्यक्रममा गायक ढकालले गीतको अडियो र भिडियो राम्रो बनेकाले दर्शकलाई मनपर्नेमा विश्वास व्यक्त गरे । ‘तिम्ले बोल्ने बोली’ ले ‘भ्यालेनटाइन डे’ विशेष बनाउन सक्ने बताउँदै उनले आफ्नो लागि पनि यो गीत विशेष रहेको बताए ।

यो गीत उनकै नाममा खोलिएको यूट्युब च्यानलबाट सार्वजनिक भएको छ । भिडियोका मोडल आकाश श्रेष्ठले रामकृष्ण ढकालको आवाजमा रहेको गीतमा अभिनय गर्न पाउनु आफ्नो सौभाग्य रहेको बताए । उनले भने– ‘म रामकृष्ण दाईको बच्चैदेखि ठूलो फ्यान हुँ । उहाँसँग काम गर्न जसलाई पनि इच्छा हुन्छ र मलाई पनि थियो । यो गीतले मेरो त्यो इच्छा पूरा गरेकोमा एकदमै खुसी छु ।’ ‘तिम्ले बोल्ने बोली’ गीत दर्शकलाई मन पर्नेमा उनी आशावादी देखिए ।

त्यस्तै, गीतकी मोडल खुश्बु खड्काले राम्रो टिमसँग राम्रो गीतमा अभिनय गर्न पाएकोमा खुसी व्यक्त गरिन् । निर्देशक सुव्रत आचार्यले भने आफूले यसअघि गरेका म्यूजिक भिडियोभन्दा यसपटक केही फरक गर्न खोजेको बताए । उनले भिडियोलाई ‘भ्यालेनटाइन डे’ सँग जोड्ने गरी तयार गरेका छन् । भिडियोमा आकाश र खुश्बुको केमेस्ट्री मिलेको देखिन्छ ।

रामकृष्ण ढकाल र खुशी गुरुङको प्रस्तुतीमा गीत तयार भएको हो । गीत सार्वजनिक कार्यक्रममा नेपाल सांगीतिक संघका अध्यक्ष मिलन मोक्तान, नेपाल हाउसका अध्यक्ष रुद्र शर्मा लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा रामकृष्ण ढकालले स्वर्गीय भारतीय गायिका लता मंगेशकरलाई सम्झिँदै श्रद्धाञ्जली अर्पण गरेका थिए । उनले १० वर्ष अगाडि लतासँग ‘बाचुन्जेलीलाई’ गीत गाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सुनिता र लक्ष्मणको ‘बिहे गरियो’

काठमाडौं । गायिका सुनिता बुढाक्षेत्री र इन्जिनियर लक्ष्मण न्यौपानेले नयाँ गीत ‘बिहे गरियो’

दसैँदेखि प्रदर्शनमा आएका नेपाली चलचित्रलाई दर्शकको राम्रो साथ

काठमाडौं । गत दसैँदेखि प्रदर्शनमा आएका नेपाली चलचित्रले दर्शकको राम्रो साथ पाएका छन्

नेपाल फिल्म सोसाइटीको अध्यक्षमा कृष्ण मल्ल निर्वाचित

काठमाडौँ। अभिनेता कृष्ण मल्ल नेपाल फिल्म सोसाइटीको केन्द्रीय अध्यक्षमा पुनः निर्बिरोध निर्वाचित भएका

आफूले माया गरेको व्यक्तिको अर्कैसँग बिहे भएपछि….

काठमाडौं । गायक महेश काफ्लेले नयाँ गीत ‘धन्यवाद मायालु’ ल्याएका छन् । गीतमा