‘आकाशे खेती’को टिजर सार्वजनिक



काठमाडौं । उदय सुब्बाको निर्देशन रहेको सिनेमा ‘आकाशे खेती’को टिजर सार्वजनिक गरिएको छ । सिनेमाको १ मिनेट १२ सेकेन्ड लामो टिजरमा तीन युवाले विना परिश्रम अवैध बाटोबाट धन कमाउन खोज्दा आउने उतारचढावलाई प्रस्तुत गरिएको छ ।

सिनेमा फागुन २७ गतेबाट सार्वजनिक प्रदर्शनमा आउँदैछ । सिनेमामा गौरव पहारी, विल्सन बिक्रम राई ‘तक्के बुढा’, बुद्धि तामाङ ‘हैट’, नीता ढुङ्गाना, रविन्द्र झा, रमा लिब्बु, जयनन्द लामा, शिशिर वाङ्देल लगायको मुख्य भूमिका छ ।

‘आकाशे खेती’ एसएस इन्टरनेशनल फिल्मस् र तक्मे प्रोडक्सनको संयुक्त ब्यानरमा निर्माण भएको हो । विक्रम डीसीले छायांकन गरेको सिनेमालाई सुजन बडालले सम्पादन गरेका छन् ।

केदार उप्रेती, जीवन सुब्बा, राजेन्द्र चोङ्वाङ र दिलप्रकाश याक्सो निर्माता रहेको सिनेमामा उदयको कथा, विल्सन विक्रम राईको संवाद छ । तिब्वतियन शरणार्थीको विषयमा निर्माण भएको ‘आकाशे खेती’ निर्देशक सुब्बाको १८ औं सिनेमा हो । सिनेमा जिजिए ग्रुपका करण श्रेष्ठले उपत्यका र एफडी कम्पनीले उपत्यका बाहिर वितरण गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘माग्ने राजा’ तीजमा आउने

काठमाडौं । नेपाली फिल्म ‘माग्ने राजा’को आगामी हरितालिका तीजमा आउने भएको छ ।

गोरखामा चलचित्र ‘पहाड’ को छायाङ्कन सुरू

काठमाडौं ।  निर्देशक तुलसी घिमिरेले चलचित्र ‘पहाड’को छायाङ्कन सुरु भएको छ । गोरखा

सेन्सर बोर्डद्वारा ‘लाज शरणम’ लाई प्रदर्शन अनुमति

काठमाडौं । नेपाली फिल्म ‘लाज शरणम’ को सेन्सर पास भएको छ । केन्द्रीय

‘गुलाम अली थ्री जनेरेशन अन वान स्टेज’ कार्यक्रम हुँदै

काठमाडौं । प्रसिद्ध पाकिस्तानी गजलकार गुलाम अलीले नेपालमा प्रस्तुति दिने भएका छन्। गजलकार