सारेगमप लिटिल च्याम्सको उपाधि कृपा पौडेललाई



काठमाडौं । झापा विर्तामोडकी कृपा पौडेलले गायन रियालिटी शो ’सारेगामापा लिटिल च्याम्प्स नेपाल’को उपाधि जितेकी छन् । शनिबार राति भएको ग्राण्ड फिनालेमा कृपा सबैभन्दा बढी भोट ल्याउँदै विजेता घोषित भएकी हुन्।

१४ वर्षीया कृपाले उपाधिसँगै १६ लाख नगद हात पारिन् ।  सारेगामापाको फस्ट रनर अफ रोशा फुयाँल र  सेकेन्ड रनर अप आदित्य विश्वकर्मा भए । टप फाइनालिस्टमा कृपा, रोशा र आदित्यसँगै अभिज्ञा घिमिरे र अरुण सुनार परेका थिए।

टप फाइभलाई ग्यालेक्सी फोर के टेलिभिजनले प्लस टुसम्म अध्ययनको सम्पूर्ण खर्च बेहोर्नेछ । सातवटै प्रदेश र वर्ल्ड टुर पनि गराउने आयोजकले जनाएको छ । यस्तै म्युजिक भिडियो पनि निर्माण गरिदिने भएको छ ।

फ्रेन्चाइज शो सारेगमप लिटिल च्याम्समा न्ह्यू बज्राचार्य, इन्दिरा जोशी र कालीप्रसाद बास्कोटा निर्णायक थिए । १५ जना ग्रान्ड जुरी थिए । प्रतिस्पर्धामा नेपालसँगै भारतबाट पनि थुप्रै नेपाली भाषी सहभागी भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘दुश्मन हेरेको हेरै…’ चलेपछि दुर्गेशलाई भ्याइनभ्याइ

काठमाडौँ । गायक दुर्गेश थापाले गत माघ १२ गतेदखि १९ दिन लगातार विभिन्न

महाशिवरात्रिको अवसरमा चार चलचित्रको छायाङ्कन सुरु

काठमाडौँ । महाशिवरात्रिको अवसर पारेर आज चारवटा चलचित्रको मुहुर्त तथा छायाङ्कन सुरु भएको

रोज पौडेल निर्देशित फिल्म ‘कोशेढुंगा’को शुभमुहूर्त

काठमाडौं । फिल्म ‘कोशेढुंगा’को शुभमुहूर्त गरिएको छ । ऐतिहासिक ब्लकबस्टर फिल्म ‘पूर्ण बहादुरको

‘माग्ने राजा’ तीजमा आउने

काठमाडौं । नेपाली फिल्म ‘माग्ने राजा’को आगामी हरितालिका तीजमा आउने भएको छ ।