मान्सी तामाङलाई मिस तामाङ पोखराको उपाधि



पोखरा । बैदाम तामा तामाङ सेवा समाजको आयोजनामा भएको छैटौं मिस तामाङको उपाधि पोखरा रानीपौवाकी मान्सी तामाङले जितेकी छन् । उनले पोखरामा सम्पन्न ग्राण्ड फिनालेमा ९ प्रतियोगीहरुलाई पछि पार्दै बेस्ट स्माइल टाइटल सहित १ लाख पुरस्कार हात पारिन् । प्रतियोगितामा मिस अर्गनाइज्डको टाइटल सहित आशिका तामाङ फस्ट रनर अप बनिन् ।

उनले ५० हजार नगद पुरस्कार प्राप्त गरिन् । यस्तै, सेकेन्ड रनर अप पूजा तामाङ भइन् । उनले ३० हजार रुपैयाँ पुरस्कार प्राप्त गरिन् । मिस ट्यालेन्ट सहित भ्युअर्स च्वाइस उपाधि जितेकी पेमा तामाङले २० हजार पुरस्कार प्राप्त गरेकी छिन् ।

यसैगरी, मिस कन्फिडेन्ड कृस्टि तामाङ, बेस्ट हेयर ऋतिका तामाङ, मिस ग्रेसफुल जीया तामाङ, मिस फोटोजेनिक रेखा तामाङ, मिस पपुलर पूजा तामाङ, बेस्ट वाक मनीषा तामाङ र मिस फ्रेन्डली सिर्जना तामाङ बनिन् ।

प्रतियोगिताको प्रमुख निर्णायक जेसिआई बल्र्डका पूर्व उपाध्यक्ष राजु केसीले अन्तिम ५ प्रतिस्पर्धीलाई ‘जलवायु परिवर्तनले आदिवासी जनजातिलाई परेको प्रभाव’ बारेमा लिखित जवाफ सोधेका थिए । जसमा मान्सीको जवाफले निर्णायकको मन जितेको हो । अन्य निर्णायक मिस तामाङ वल्र्ड–२०२१ स्याङ्डोमा ब्लोन तामाङ र जोन्टा क्लबका उपाध्यक्ष मोनिका थापा थिए ।

कोरोना प्रभावका कारण आयोजकले भर्चुअल रुपमा कार्यक्रम गरेको हो । आयोजक, प्रतियोगी तथा तिनका आफन्त र केही संघसंस्थाका प्रतिनिधिसहित सीमित दर्शकको उपस्थितिमा लेकसाइडस्थ्ति बिजिबी रिसोर्टमा कार्यक्रम भएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘दुश्मन हेरेको हेरै…’ चलेपछि दुर्गेशलाई भ्याइनभ्याइ

काठमाडौँ । गायक दुर्गेश थापाले गत माघ १२ गतेदखि १९ दिन लगातार विभिन्न

महाशिवरात्रिको अवसरमा चार चलचित्रको छायाङ्कन सुरु

काठमाडौँ । महाशिवरात्रिको अवसर पारेर आज चारवटा चलचित्रको मुहुर्त तथा छायाङ्कन सुरु भएको

रोज पौडेल निर्देशित फिल्म ‘कोशेढुंगा’को शुभमुहूर्त

काठमाडौं । फिल्म ‘कोशेढुंगा’को शुभमुहूर्त गरिएको छ । ऐतिहासिक ब्लकबस्टर फिल्म ‘पूर्ण बहादुरको

‘माग्ने राजा’ तीजमा आउने

काठमाडौं । नेपाली फिल्म ‘माग्ने राजा’को आगामी हरितालिका तीजमा आउने भएको छ ।