वरिष्ठ गीतकार बराललाई ‘प्रतिभा सम्मान’



काठामाडौं । नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले सन् २०२१ का लागि सम्मान तथा पुरस्कार घोषणा गरेको छ । प्रतिष्ठानका अध्यक्ष गणेश राईका अध्यक्षतामा बसेको भर्चुअल बैठकले वरिष्ठ गीतकार प्रा डा कृष्णहरि बराललाई ५० हजार रुपैयाँको ‘प्रतिभा सम्मान’ र युवा सङ्गीतकार गणेश गुरुङलाई एक लाख रुपैयाँको ‘प्रतिभा पुरस्कार’ प्रदान गर्ने निर्णय गरेको प्रतिष्ठानका महासचिव देवेन्द्र खेरेसले जानकारी दिए ।

सन् २००८ मा बेलायतमा स्थापित सो संस्थाबाट हालसम्म ईश्वर मानन्धर, अम्बर गुरुङ, जीवी लुगुन, भक्तराज आचार्य, प्रा डा गोविन्दराज भट्टराई, बुँद राना, टेकवीर मुखिया, प्रद्युम्न श्रेष्ठ (सिक्किम) र भागीरथी श्रेष्ठ, वेणु आचार्य, दावा ग्याल्मो (दार्जिलिङ) का साथै गोपाल पराजुली र डा राजेन्द्र विमल सम्मानित भइसकेका छन् ।

यसैगरी ‘प्रतिभा पुरस्कार’बाट हालसम्म नवीन विभास, कुवेर राई, उपेन्द्र सुब्बा, श्रवण मुकारुङ, मोमिला जोशी, राजकुमार दिक्पाल, भूपाल राई, बीबी अनुरागी, टीका चाम्लिङ, फूलमान वल, बलराम अधिकारी, शुभ मुकारुङ र विमला तुम्खेवा पुरस्कृत भइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चलचित्रमा नयाँ पुस्ता र ‘होस्टेल’को प्रयोग

काठमाडौँ । निर्माणको सङ्ख्यात्मक वृद्धि, बढ्दो लगानी तथा राम्रो पारिश्रमिकका कारण चलचित्रप्रति आकर्षण

‘चलचित्र विधा’ बाट समग्र रचनात्मक उद्योगको विकास र प्रवर्धन गर्ने उद्देश्य छः उपप्रमुख डंगोल

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले चलचित्र क्षेत्र सम्बद्ध अधिकारीहरुसँग ‘चलचित्र सहर सञ्चालन व्यवस्थापन कार्यविधि’

मेलिनाले ल्याइन् ‘सर्माइ भागेर’

काठमाडौँ । गायक भुवन श्रेष्ठ र मेलिना राईको स्वर रहेको गीत ‘सर्माइ भागेर’

‘अभिमन्यु’ निर्माणको घोषणा

काठमाडौं । ‘पूर्ण बहादुरको सारङ्गी’का निर्माताले नयाँ फिल्म ‘अभिमन्यु’ निर्माणको घोषणा गरेका छन्