प्रेम र भावना समेटिएको ‘अनलाइन’



काठमाडौं । युवापुस्ताले सामाजिक सञ्जालमार्फत व्यक्त गर्ने प्रेम र भावनालाई समेटेर तयार पारिएको म्युजिक भिडियो ‘अनलाइन’ सार्वजनिक भएको छ । यस गीतमा स्वर अमेरिकामा बस्दै आएका प्रतिभाशाली युवा गायक प्रवेश राईको छ । गीतमा शब्द सङ्गीतसमेत गायक राईले नै दिएका छन् । गीतलाई जीआर उप्रेतीले सङ्गीत संयोजन गरेका छन् ।

अनलाइनमा भएकी प्रेमिकाले नबोल्दा प्रेमीको मनमा आएको छटपटी र दुःखेसो भिडियोमार्फत देखाइएको छ । भिडियो भीम लामिछानेले छायाङ्कन र राजेश शाहले सम्पादन गरेका छन् । म्युजिक भिडियोमा गायक राई, सिर्जना भुजेल र बादल मगरको अभिनय रहेको छ ।

प्रवेश, प्रज्वल र सागरको परिकल्पनामा तयार पारिएको भिडियोलाई ‘ओएसआर डिजिटल’ को आधिकारिक च्यानलमार्फत सार्वजनिक गरिएको छ । आफ्नो पहिलो प्रयासलाई हेरेर एवं सुनेर प्रतिक्रिया दिन गायक राईले आग्रह गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘माग्ने राजा’ तीजमा आउने

काठमाडौं । नेपाली फिल्म ‘माग्ने राजा’को आगामी हरितालिका तीजमा आउने भएको छ ।

गोरखामा चलचित्र ‘पहाड’ को छायाङ्कन सुरू

काठमाडौं ।  निर्देशक तुलसी घिमिरेले चलचित्र ‘पहाड’को छायाङ्कन सुरु भएको छ । गोरखा

सेन्सर बोर्डद्वारा ‘लाज शरणम’ लाई प्रदर्शन अनुमति

काठमाडौं । नेपाली फिल्म ‘लाज शरणम’ को सेन्सर पास भएको छ । केन्द्रीय

‘गुलाम अली थ्री जनेरेशन अन वान स्टेज’ कार्यक्रम हुँदै

काठमाडौं । प्रसिद्ध पाकिस्तानी गजलकार गुलाम अलीले नेपालमा प्रस्तुति दिने भएका छन्। गजलकार