मेघा श्रेष्ठको ‘म त तिम्रै हुँ’



काठमाडौं । अमेरिकामा बसेर नेपाली सङ्गीतमा सक्रिय सङ्गीतकार अम्बर तुम्बापो सुब्बा र गीतकार रिमा श्रेष्ठको सहकार्यमा तयार पारिएको फरक धारको म्युजिक भिडियो ‘म त तिम्रै हुँ’ सार्वजनिक भएको छ ।

रोमाञ्चक यस गीतमा गायिका मेघा श्रेष्ठ र गायक केभिन ग्लान तामाङको स्वर रहेको छ । गीतमा सुजिल कर्माचार्यले सङ्गीत संयोजन गरेका छन् । म्युजिक भिडियोमा सन्नी सिंह र कुसुम गुरुङबीचको प्रेम र रोमान्सलाई दृश्यमा प्रस्तुत गरिएको छ । दीपकराज सुनारले छायाङ्कन गरेको भिडियोलाई भूपेन्द्र अधिकारीले सम्पादन गरेका हुन् ।

विवेक रसाइलीको निर्देशनमा भिडियो तयार पारिएको हो । कुशल गुरुङ र तुम्बापो परिवार निर्माता रहेको म्युजिक भिडियोलाई सङ्गीतकार सुब्बाको च्यानल ‘अम्बर तुम्बापो सुब्बा अफिसिएल’ मार्फत सार्वजनिक गरिएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘माग्ने राजा’ तीजमा आउने

काठमाडौं । नेपाली फिल्म ‘माग्ने राजा’को आगामी हरितालिका तीजमा आउने भएको छ ।

गोरखामा चलचित्र ‘पहाड’ को छायाङ्कन सुरू

काठमाडौं ।  निर्देशक तुलसी घिमिरेले चलचित्र ‘पहाड’को छायाङ्कन सुरु भएको छ । गोरखा

सेन्सर बोर्डद्वारा ‘लाज शरणम’ लाई प्रदर्शन अनुमति

काठमाडौं । नेपाली फिल्म ‘लाज शरणम’ को सेन्सर पास भएको छ । केन्द्रीय

‘गुलाम अली थ्री जनेरेशन अन वान स्टेज’ कार्यक्रम हुँदै

काठमाडौं । प्रसिद्ध पाकिस्तानी गजलकार गुलाम अलीले नेपालमा प्रस्तुति दिने भएका छन्। गजलकार