विवश र पूर्णिमाको ’ए रिमै पन्चे बाजा बजाई’



काठमाडौँ । गायक विवश बस्नेत र पूर्णिमा लामाको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ । ’ए रिमै पन्चे बाजा बजाई’ बोलको पन्चे बाजा गीतमा शब्द तथा संगीत दीपक शर्माको रहेको छ । नरेन्द्र वियोगीले संगीत संयोजन गरेको गीतमा पछिल्लो समयका ब्यस्त मोडल तथा कोरियोग्राफर सुनिल क्षेत्री फिचर्ड छन्।

भिडियोमा क्षेत्रीको साथमा विनिता परियार,महादेव त्रिपाठी र सुनिता फिचर्ड छन् । पवन सुस्लिङ्गले छायाँकन तथा सम्पादन गरेको भिडियोमा सुनिल क्षत्रीको कोरियोग्राफी र निर्देशन रहेको छ। भिडियो डिएआर मुभिजको अफिसियल च्यानलमार्फत सार्वजनिक गरिएको छ। माघ महिना लगनको महिना नजिकिँदै गर्दा पन्चे बाजा गीतको भिडियो दर्शक श्रोताले मन पराउनेमा निर्माण टिम ढुक्क छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘माग्ने राजा’ तीजमा आउने

काठमाडौं । नेपाली फिल्म ‘माग्ने राजा’को आगामी हरितालिका तीजमा आउने भएको छ ।

गोरखामा चलचित्र ‘पहाड’ को छायाङ्कन सुरू

काठमाडौं ।  निर्देशक तुलसी घिमिरेले चलचित्र ‘पहाड’को छायाङ्कन सुरु भएको छ । गोरखा

सेन्सर बोर्डद्वारा ‘लाज शरणम’ लाई प्रदर्शन अनुमति

काठमाडौं । नेपाली फिल्म ‘लाज शरणम’ को सेन्सर पास भएको छ । केन्द्रीय

‘गुलाम अली थ्री जनेरेशन अन वान स्टेज’ कार्यक्रम हुँदै

काठमाडौं । प्रसिद्ध पाकिस्तानी गजलकार गुलाम अलीले नेपालमा प्रस्तुति दिने भएका छन्। गजलकार