तीन दिने ‘नेपाल ग्रामीण सिनेमा महोत्सव’ आयोजना हुने



काठमाडौं । सेलिब्रेटी नेपालले आगामी माघको अन्तिम साता तीन दिने ‘नेपाल ग्रामीण सिनेमा महोत्सव’ आयोजना गर्ने भएको छ । ग्रामीण बजारमा नेपाली सिनेमालाई पुर्याउने उद्देश्य आयोजकले राखेका छन् । तर, महोत्सव स्थान भने आयोजकले तोकेका छैनन् ।

गाउँले परिवेशमा निर्माण गरिएका स्वदेशी सर्ट सिनेमा, डकुमेन्ट्री र फिचर सिनेमालाई ग्रामीण क्षेत्रका दर्शकमाझ प्रदर्शन गरिने र उत्कृष्ट सिनेमालाई अवार्ड दिइने महोत्सवका अध्यक्ष रघुनाथ सापकोटाले बताएका छन् ।

उनका अनुसार विभिन्न भाषाभाषीका सिनेमासँगै मोबाइलबाट खिचिएका सिनेमालाई पनि प्रदर्शन गरिनेछ । साथै ग्रामीण परिवेशलाई समेटेर कस्ता सिनेमा बनाउने र कस्ता सिनेमाले दर्शकको साथ पाउनेछ भन्ने विषयमा अन्तरक्रिया तथा वर्कसपको आयोजना समेत गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘दुश्मन हेरेको हेरै…’ चलेपछि दुर्गेशलाई भ्याइनभ्याइ

काठमाडौँ । गायक दुर्गेश थापाले गत माघ १२ गतेदखि १९ दिन लगातार विभिन्न

महाशिवरात्रिको अवसरमा चार चलचित्रको छायाङ्कन सुरु

काठमाडौँ । महाशिवरात्रिको अवसर पारेर आज चारवटा चलचित्रको मुहुर्त तथा छायाङ्कन सुरु भएको

रोज पौडेल निर्देशित फिल्म ‘कोशेढुंगा’को शुभमुहूर्त

काठमाडौं । फिल्म ‘कोशेढुंगा’को शुभमुहूर्त गरिएको छ । ऐतिहासिक ब्लकबस्टर फिल्म ‘पूर्ण बहादुरको

‘माग्ने राजा’ तीजमा आउने

काठमाडौं । नेपाली फिल्म ‘माग्ने राजा’को आगामी हरितालिका तीजमा आउने भएको छ ।