नेपाल टेलिकमको सद्भावना दूतमा मह जोडी नियुक्त



काठमाडौं । मुलुकको हास्यव्यंग्य तथा कलाकारिताको क्षेत्रमा चार दशकभन्दा लामो अवधिदेखि विशिष्ट पहिचान बनाइ ‘महजोडी’को रुपमा चिनिएका कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई नेपाल टेलिकमले सद्भावना दूत नियुक्त गरेको छ ।

नेपाल टेलिकम केन्द्रीय कार्यालयमा मंगलबार आयोजित कार्यक्रममा सो सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको हो । सम्झौता पत्रमा नेपाल टेलिकमको तर्फबाट प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी, कलाकारद्वय श्रेष्ठ र आचार्य तथा कलाकारद्वयको मिडिया संयोजक शुभ मिडिया होम प्रालिका अध्यक्ष सरोज वलीले हस्ताक्षर गरेका छन् ।

सो अवसरमा नेपाल टेलिकमका प्रबन्ध निर्देशक अधिकारीले कम समयमै थप आकर्षणसहित उपलब्ध भइरहने कम्पनीका विभिन्न सेवा सुविधाका बारेमा आमजनतालाई समयमै सुसूचित गराउन ब्राण्ड एम्बेसडरको भूमिका सहयोगी हुने विश्वास लिएको बताए ।

कम्पनीका सद्भावना दूतद्वय श्रेष्ठ र आचार्यले स्वदेशको लगानी भएको, मुलुककै सबैभन्दा ठूलो दूरसञ्चार सेवा प्रदायक नेपाल टेलिकम जस्तो संस्थाको दूत हुन पाएकामा आफूहरुले गौरवान्वित महसुस गरिरहेको बताए । सम्झौतापछि उनीहरुले नेपाल टेलिकमका सेवाको प्रचारात्मक कार्य, ब्राण्ड प्रवद्र्धन तथा ब्राण्ड संरक्षणसम्बन्धी कार्य गर्नेछन् । हाल एक वर्षका लागि सम्झौता सम्पन्न भएको र भविष्यमा सम्झौता अवधि थप गर्न सकिने व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कागती खेतीबाट वार्षिक १० लाख आम्दानी गर्दै कृषक लामिछाने

गण्डकी। भिरालो पाखोमा झाडी फाँडेर गरिएको कागती खेती एकजना कृषकका लागि राम्रो आम्दानीको

सिद्धबाबा सुरुङमार्गका बाइपास सुरुङको ‘ब्रेक थ्रु’(फोटोफिचर)

पाल्पा । सिद्धबाबा सुरुङमार्ग आयोजनाअन्तर्गत तीन वटै बाइपास सुरुङको ‘ब्रेक थ्रु’ भएको छ

एक मात्रै ट्वीनअटर विमान पनि ग्राउण्डेड भएपछि निगमको आन्तरिक उडान ठप्प

काठमाडौं । विमान अभावले आन्तरिक उडानमा दरिलो उपस्थिति देखाउन नसकेको राष्ट्रिय ध्वजावाहक नेपाल

कैलालीमा तीन लाख २४ हजार मेट्रिकटन धान उत्पादन

कैलाली ।  कैलालीमा यस वर्ष तीन लाख २४ हजार ८८४ मेट्रिक टन बर्खे