पूर्ण लम्सालको ‘चोखो माया’



काठमाडौं । मोडल एवं व्यवसायी पूर्ण लम्सालले श्रव्यदृश्यसहितको नयाँ गीति एल्बम ‘चोखो माया’ बजारमा ल्याएका छन् । अमेरिका बसेर कलाकारितामा सक्रिय लम्सालले अभिनय गरेको यो पाँचौँ ‘म्युजिक भिडियो’ हो ।

मनोरञ्जनात्मक यस गीतमा गायिका रचना रिमाल र गायक रञ्जन राईको सुमधुर स्वर सुन्न सकिन्छ । रवि मल्लको शब्द रहेको यस गीतलाई नवीन कार्कीले सङ्गीत दिएका छन् । गीतमा विशाल निरौलाले सङ्गीत संयोजन गरेका छन् ।

अमेरिकामा छायाङ्कन गरिएको गीतमा अन्तर्राष्ट्रिय व्यवसायमा स्नातकोत्तर गरिरहेकी विष्णु मिश्र र मोडल लम्सालबीचको ‘अन्स्क्रिन रोमान्स’ प्रस्तुत गरिएको छ । शैलेश घलेले छायाङ्कन गरेको दृश्यलाई विष्णु खड्काले सम्पादन गरेका हुन् ।

विक्की पुलामीको निर्देशनमा दृश्य सामग्री तयार पारिएको हो । पी एण्ड एच प्रोडक्शनको आधिकारिक च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘माग्ने राजा’ तीजमा आउने

काठमाडौं । नेपाली फिल्म ‘माग्ने राजा’को आगामी हरितालिका तीजमा आउने भएको छ ।

गोरखामा चलचित्र ‘पहाड’ को छायाङ्कन सुरू

काठमाडौं ।  निर्देशक तुलसी घिमिरेले चलचित्र ‘पहाड’को छायाङ्कन सुरु भएको छ । गोरखा

सेन्सर बोर्डद्वारा ‘लाज शरणम’ लाई प्रदर्शन अनुमति

काठमाडौं । नेपाली फिल्म ‘लाज शरणम’ को सेन्सर पास भएको छ । केन्द्रीय

‘गुलाम अली थ्री जनेरेशन अन वान स्टेज’ कार्यक्रम हुँदै

काठमाडौं । प्रसिद्ध पाकिस्तानी गजलकार गुलाम अलीले नेपालमा प्रस्तुति दिने भएका छन्। गजलकार