नेपाली–अमेरिकन कलाकार सङ्घको अध्यक्षमा सुनुवार निर्वाचित



काठमाडौं । नेपाली–अमेरिकन कलाकार सङ्घको अध्यक्षमा निशा सुनुवार निर्वाचित भएकी छन् । सङ्घको मङ्गलबार सम्पन्न चौथो अधिवेशनबाट सुनुवारको नेतृत्वमा १७ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित भएको हो ।

सङ्घको वरिष्ठ उपाध्यक्षमा वसन्ती राई, उपाध्यक्षमा विमल डाँगी, विक्की पुलामी, ऐटना कार्की, राजेन्द्र राई, महासचिवमा सङ्गीता थापा, सचिवमा मधुकुमार गिरी, कोषाध्यक्षअख पुष्कर बराल, सहकोषाध्यक्षअख पूजा न्यौपाने र युथ कोअर्डिनेटरमा दिलीपकुमार श्रीष निर्वाचित भएका प्रमुख निर्वाचन अधिकृत सोमनाथ घिमिरेले जानकारी दिए ।

यस्तै बोर्ड सदस्यमा चिनियालाल श्रेष्ठ, बुद्धिमान घिसिङ, पुष्पा बस्नेत, नवीन श्रेष्ठ र माया राई निर्विरोध निर्वाचित भएका छन् । उक्त कार्यक्रममा महावाणिज्यदूत विष्णुप्रसाद गौतमले नेपाली कला क्षेत्रलाई अन्तर्राष्ट्रियस्तरसम्म फैलाउनका लागि नेपाली अमेरिकन कलाकार सङ्घले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा सङ्घका प्रमुख संरक्षक अभय ढुङ्गेल, वरिष्ठ कलाकार डा महेशराज ठाकुर, न्हुच्छेनारायण डङ्गोल, नरबहादुर दाहाल, आङ गेलु शेर्पा, गोमा योन्जन गुरुङ, नरवीर गुरुङ, सन्जोक लामा योन्जन, नायक विक्रान्त बस्नेत, पत्रकार दिवाकर बागचन्दलगायतको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
धरानमा सङ्गीत जात्रा महोत्सव सुरु

धरान। ‘गीत, सङ्गीत र मनोरञ्जन, धरानको समृद्धिका लागि पर्यटन प्रवर्द्धन’ भन्ने मूल नाराका साथ

फिल्म ‘सोल्टिनी’को पोस्टर छायाङ्न अघिनै सार्वजनिक

काठमाडौं । गायक प्रकाश सपुत र नायिका परीक्षा लिम्बूको मुख्य भूमिका रहेको फिल्म

समीक्षाले दिइन् आफ्नो चरित्र हत्या गर्ने व्यक्तिविरुद्ध कारबाहीका लागि साइबर ब्यूरोमा उजुरी

काठमाडौं । गायिका समीक्षा अधिकारीले आफ्नो चरित्र हत्या गरेको भन्दै साइबर ब्यूरोमा उजुरी

टिकटकर मिस पबी ‘माग्ने राजा’ मा अनुबन्धित

काठमाडौं । टिकटकर तथा मोडल मिस पबी फिल्म ‘माग्ने राजा’ मा अनुबन्धित भएकी