सपना पौडेल र बल्छी धुर्बेको ‘पारि वन हरियो’



पछिल्लो समयका चर्चित हास्य कलाकार मरिचमान श्रेष्ठ ‘बल्छी धुर्बे’ गायकको रुपमा समेत अगाडि आएका छन् । उनको स्वरमा रहेको नयाँ तिज गीत ‘पारिवन हरियो’ सार्वजनिक भएको छ ।

गीतमा श्रेष्ठलाई गायिका सपना पौडेलले स्वरमा साथ दिएकी छन् । गायिका सपनाकै लय, शब्द र संगीत रहेको गीतमा सुदीप सागरको एरेन्ज रहेको छ ।

लोकप्रिय टेलिश्रृंखला ‘जुठे’ र ‘हल्का रमाइलो’का कलाकार तथा निर्देशक समेत रहेका श्रेष्ठको यो गीतको भिडियो उनीको अलवा राजु पौडेल, अनिता बस्नेत, दीपेन्द्र तिमिल्सना र सविना आचार्यको.साथै सिरियल ‘हल्का रमाइलो’का अधिकांस कलाकारको अभिनय समेटिएको छ । सौरभ लामाको छायाँकन, मनोज कार्कीको सम्पादन रहेको भिडियो दीपेन्द्र तिमिल्सेनाले निर्देशन गरेका हुन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘माग्ने राजा’ तीजमा आउने

काठमाडौं । नेपाली फिल्म ‘माग्ने राजा’को आगामी हरितालिका तीजमा आउने भएको छ ।

गोरखामा चलचित्र ‘पहाड’ को छायाङ्कन सुरू

काठमाडौं ।  निर्देशक तुलसी घिमिरेले चलचित्र ‘पहाड’को छायाङ्कन सुरु भएको छ । गोरखा

सेन्सर बोर्डद्वारा ‘लाज शरणम’ लाई प्रदर्शन अनुमति

काठमाडौं । नेपाली फिल्म ‘लाज शरणम’ को सेन्सर पास भएको छ । केन्द्रीय

‘गुलाम अली थ्री जनेरेशन अन वान स्टेज’ कार्यक्रम हुँदै

काठमाडौं । प्रसिद्ध पाकिस्तानी गजलकार गुलाम अलीले नेपालमा प्रस्तुति दिने भएका छन्। गजलकार