गायक हुमागाईंको “पबित्र मायामा” सार्वजनिक(भिडियोसहित)



काठमाडौं । नेपाली लोक तथा दोहोरी गीत संगीतको सम्वर्धन र प्रवर्धनमा जुटिरहेका गायक तथा सर्जक शरण हुमागाईंको नयाँ लोक दोहोरी गीत ” “पबित्र मायामा” सार्वजनिक भएको छ ।

गीतमा  हुमागाईं र शाबित्री श्रेष्ठको सुमधुर स्वर सुन्न सकिन्छ । गीतलाई लय मच्छेस्वर सापकोटाले भरेका हुन् भने शब्द शरण हुमागाईंकै रहेको छ । वियोगान्त स्वादमा तयार भएकोउक्त गीतको भिडियोमा प्रकाश तामाङ्ग राज, अनु पराजुली र युवक कार्कीको अभिनय देख्न सकिन्छ ।

भिडियोलाई निर्देशन मोडल स्वयम् प्रकाश तामाङ्ग राज ले गरेका छन् भने छायांकन मरुभूमि नारायण र सम्पदान रोशन धितालले गरेका छन् । उक्त गीत शरण हुमागाईं नामको युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

उनको केहि समय अगाडी मात्रै भिरैको खनायो बोलको गीत सार्वजनिक भएको थियो । उक्त गीतले धेरै श्रोता तथा दर्शकहरुको मन जिते पश्चात यो गीत सार्वजनिक भएको हो । कुनै पनि कलाकरलाई आफ्नो सिर्जना श्रोता तथा दर्शकले रुचाईदिनु भए मात्र अर्को प्रस्तुति बजारमा ल्याउन उर्जा मिल्ने गर्दछ । संचारकर्मी, गायक तथा शर्जक शरणलाई पनि यस भन्दा अघिका प्रस्तुतिमा सफलता प्राप्त भएर नै होला गीत बजारमा आएको ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘माग्ने राजा’ तीजमा आउने

काठमाडौं । नेपाली फिल्म ‘माग्ने राजा’को आगामी हरितालिका तीजमा आउने भएको छ ।

गोरखामा चलचित्र ‘पहाड’ को छायाङ्कन सुरू

काठमाडौं ।  निर्देशक तुलसी घिमिरेले चलचित्र ‘पहाड’को छायाङ्कन सुरु भएको छ । गोरखा

सेन्सर बोर्डद्वारा ‘लाज शरणम’ लाई प्रदर्शन अनुमति

काठमाडौं । नेपाली फिल्म ‘लाज शरणम’ को सेन्सर पास भएको छ । केन्द्रीय

‘गुलाम अली थ्री जनेरेशन अन वान स्टेज’ कार्यक्रम हुँदै

काठमाडौं । प्रसिद्ध पाकिस्तानी गजलकार गुलाम अलीले नेपालमा प्रस्तुति दिने भएका छन्। गजलकार