तीज गीतमा कोरोना कहर



‘बाँच्नुपर्छ कोरोना जितेर
लाउलाउ सारी पोहोरकै झिकेर
एउटा फोटो खिच
माछामाछो भ्यागुतो यसपालिको तीज’

यो गीत सार्वजनिक भएको वर्ष दिन बित्यो । यसमा वर्णित परिस्थिति भने अझै बदलिएको छैन । कोरोना कहर उस्तै छ । तीज नजिकिएको छ । यसपालि पनि हाम्रा चाडपर्व कोरोनाको मारमा पर्ने निश्चित छ ।

गत वर्ष गायक दुर्गेश थापाले गाएको ‘माछोमाछो भ्यागुतो, यसपालिको तीज’को मर्म सकिएको छैन । सायद, त्यही सोचेर हुनुपर्छ, थापाको उक्त गीतको लेडिज भर्सन सार्वजनिक गरिएको छ । अघिल्लै वर्ष चर्चा कमाएको उक्त गीत गायिका समीक्षा अधिकारी र अस्मिता जुरेलीको स्वरमा शुक्रबारदेखि डिजिटल बजारमा आएको हो ।

गीतमा शब्द भने राम खत्री र दुर्गेश मिलेर लेखेका छन् । सङ्गीत पनि दुर्गेशकै छ । उक्त गीत ‘डि–सिरिज’ युट्युब च्यानलबाट गीत सार्वजनिक गरिएको हो । लेडिज भर्सनका लागि शब्दमा केही हेरफेर गरिएको उनले बताए । “गत वर्ष मेरो एकल स्वरमा गीत आयो, धेरै दर्शक÷स्रोताले रुचाउनुभयो”, उनले भने, “त्यही गीत अहिले लेडिज भर्सनमा सार्वजनिक गरिएको हो ।”

थापाले गीतका लागि चल्तीका गायिका रोजेका छन् । गीत सफल हुनेमा उनी विश्वस्त छन् । सार्वजनिक भएको २४ घण्टा नबित्दै गीतले एक लाख बढी भ्यूज बटुलेको छ । गत वर्ष उनले गाएको सोही गीतले युट्युबमा एक करोड ३४ लाख बढी भ्यूज पाएको थियो । कोरोनाले तीज पर्वमा पारेको असर गीतमा यसरी प्रतिबिम्वित छ ।

‘माइत पनि नगाको दुई साल भो
कोरोनाले अहिलेनी उही चाल भो’

दुर्गेशले विसं २०७६ मा ल्याएको तीज गीत ‘बीच–बीचमा’ले पनि धेरै दर्शक÷स्रोताको मन जितेको थियो । उक्त गीतको म्युजिक भिडियोलाई युट्युबमा हालसम्म एक करोड ५५ लाखभन्दा बढी पटक हेरिएको छ । तीजका सबै गीतमा उनको आफ्नै लगानी छ ।

पछिल्लो समय तीज गीत गायनमा पुरुषको पनि उत्तिकै सक्रियता छ । तीज आउन झण्डै दुई महिना बाँकी छँदै गीत धमाधम सार्वजनिक भइरहेका छन् । कतिपय गीतमा महिलाका मुद्दालाई उठान गरिए पनि केहीले भने तीज गीतको सौन्दर्य गुमाउँदै गएका छन् । बागलुङमा जम्निएका दुर्गेश भने रमाइला र पृथक शैलीका गीत गाउन पोख्त छन् ।

उनी गीतमा भन्छन्–

‘भाइको बिहे जुराथे बाहुनले
जन्त जान पाइएन लकडाउनले
एउटा फोटो खिच
माछोमाछो भ्यागुतो यसपालिको तीज’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘चलचित्रले अहिले विस्तारै हाम्रो संस्कृतिमा प्रभाव परिरहेको छ’

काठमाडौं । चलचित्र एक सशक्त माध्यम हो । जसले भाषा र संस्कृतिको प्रवद्र्धनमा

मण्डलामा ‘मञ्जिरा’ को मञ्चन

काठमाडौं । थापागाउँस्थित मण्डला नाटकघरमा नाटक ‘मञ्जिरा’ को नियमित मञ्चन सुरु भएको छ

स्वरूपराज आचार्यको ‘स्वर्ग यहीँ लुकेको छ’

काठमाडौँ ।  गणतन्त्र दिवसको अवसरमा गीतकार डा भीष्मकुमार भुसालद्वारा रचित दुुई सन्देशमूलक गीत

‘परी’को शुभमुहुर्त

काठमाडौं । नेपाली फिल्म ‘परी’को शुभमुहुर्त भएको छ । काठमाडौँको कमलादीस्थित गणेश मन्दिरमा