खेम सेन्चुरी, जानुका, विमलराज क्षेत्रीको तीज गीत ‘मरिन्छ कि साइलो’(भिडियोसहित)



जानुका तामाङको तीज गीत ‘मरिन्छ कि साइलो’ बजारमा आएको छ । कोरोना भाइरसले निम्त्याएको सङ्कटले दुःखी गरीबलाई चुलो बाल्नसमेत समस्या परेको विषयमा आधारित रहेर गीत तयार पारिएको छ । गीतमा खेम सेन्चुरी, जानुका, विमलराज क्षेत्री, राधिका हमाल र खुमन अधिकारीको स्वर रहेको छ ।

शब्द सिर्जना नेत्र आर्यालले गरेका छन् भने सङ्गीत सेन्चुरीको रहेको छ । गीतको म्युजिक एरेञ्ज विनोद बाजुरालीले गरेका छन् भने भिडियो निर्देशन प्रकाश भट्टले गरेका छन् । भिडियोमा सबै गायकगायिकाले अभिनय गरेका छन् । सेन्चुरीले सङ्गीत गरेका गीतले पछिल्लो समय निकै चर्चा पाउन थालेका छन् ।

गत वर्ष उनकै स्वर तथा सङ्गीत, अर्यालको शब्दमा बजारमा आएको शम्भु कुँवरको तीज गीत ‘लरिलरि लै, रुन्छु बरिलै’ ले युट्युबमा एक करोड ३३ लाखभन्दा बढी भिउज बटुलेको छ । सेन्चुरीको सङगीत, स्वर रहेको गीत ‘झ्यालमा पर्दा पर्दा छ’ ले एक करोड ६५ लाख धेरै भिउज पाएको छ । उनले सङ्गीत रहेको अर्को गीत ‘चिया छानेको’ले एक करोड ७६ लाखभन्दा बढी भिउज बटुलेको छ । सेन्चुरीको सङगीत, स्वर रहेका सबैजसो गीत चर्चामा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘अञ्जिला’ आगामी माघ ११ मा रिलिज हुने

काठमाडौं । महिला राष्ट्रिय फुटबल टिमकी नम्बर एक गोलरक्षक एञ्जिला तुम्बापो सुब्बाको जीवनबाट

रंगमञ्चमा उदाएर फेरि रङ्गमञ्चमा फर्किन नसकेका रङ्गकर्मी

काठमाडौं । आज ६३औँ विश्व रङ्गमञ्च दिवस हो । रङ्गकर्मीले विभिन्न कार्यक्रम गरेर

आरजुलाई मिस ई–कलेजको ताज

सिजन मिडिया प्रालिले मङ्गलबार काठमाडौँमा आयोजना गरेको मिस ई–कलेज २०२४ का ताज आरजु

पहिलो एनिमेटेड फिल्म ‘सलीना’ को ट्रेलर सार्वजनिक

काठमाडौं । नेपालको पहिलो एनिमेटेड फिल्म ‘सलीना’ को ट्रेलर सार्वजनिक गरिएको छ ।