खेम सेन्चुरी, जानुका, विमलराज क्षेत्रीको तीज गीत ‘मरिन्छ कि साइलो’(भिडियोसहित)



जानुका तामाङको तीज गीत ‘मरिन्छ कि साइलो’ बजारमा आएको छ । कोरोना भाइरसले निम्त्याएको सङ्कटले दुःखी गरीबलाई चुलो बाल्नसमेत समस्या परेको विषयमा आधारित रहेर गीत तयार पारिएको छ । गीतमा खेम सेन्चुरी, जानुका, विमलराज क्षेत्री, राधिका हमाल र खुमन अधिकारीको स्वर रहेको छ ।

शब्द सिर्जना नेत्र आर्यालले गरेका छन् भने सङ्गीत सेन्चुरीको रहेको छ । गीतको म्युजिक एरेञ्ज विनोद बाजुरालीले गरेका छन् भने भिडियो निर्देशन प्रकाश भट्टले गरेका छन् । भिडियोमा सबै गायकगायिकाले अभिनय गरेका छन् । सेन्चुरीले सङ्गीत गरेका गीतले पछिल्लो समय निकै चर्चा पाउन थालेका छन् ।

गत वर्ष उनकै स्वर तथा सङ्गीत, अर्यालको शब्दमा बजारमा आएको शम्भु कुँवरको तीज गीत ‘लरिलरि लै, रुन्छु बरिलै’ ले युट्युबमा एक करोड ३३ लाखभन्दा बढी भिउज बटुलेको छ । सेन्चुरीको सङगीत, स्वर रहेको गीत ‘झ्यालमा पर्दा पर्दा छ’ ले एक करोड ६५ लाख धेरै भिउज पाएको छ । उनले सङ्गीत रहेको अर्को गीत ‘चिया छानेको’ले एक करोड ७६ लाखभन्दा बढी भिउज बटुलेको छ । सेन्चुरीको सङगीत, स्वर रहेका सबैजसो गीत चर्चामा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
यस्तो छ ‘लाज शरणम्’ को टिजर

काठमाडौं । नेपाली फिल्म ‘लाज शरणम्’ को टिजर सार्वजनिक गरिएको छ । बिहीबार

सुशीला अधिकारीद्वारा रचित ‘उठ नेपाली, जुट नेपाली’

काठमाडौँ । कवयित्री सुशीला ढकाल अधिकारीले रचना गरेको राष्ट्रभावले ओतप्रोत ‘उठ नेपाली, जुट

यस वर्षको ‘बिजुलीमाया वनः श्रेष्ठ’ अन्तर्राष्ट्रिय सङ्गीत पुरस्कार वरिष्ठ कलाकार नीर शाहलाई

मनहरी । यस वर्षको बिजुलीमाया वनः श्रेष्ठ अन्तर्राष्ट्रिय सङ्गीत पुरस्कार वरिष्ठ कलाकार तथा

तत्कालका लागि ‘एक्टर : टेक वन’को प्रदर्शन रोक्न अदालतको आदेश

काठमाडौँ । बुधबारदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘एक्टरः टेक वन’को प्रदर्शन तत्कालका लागि