देवी घर्ती मगर र कुशल बेलबासेको ‘चिया गुलियो’ (भिडियोसहित)



काठमाडौं ।  विश्वमा कोरोनाको कहर कायमै छ । नेपालमा पनि यसको असर कम भएको छैन। केही देशहरुमा कोरोना रोकथाम तथा नियन्त्रणका लागि निषेधाज्ञा जारी छ त केही देश भने पुनः पुरानै अवस्थामा फर्केका छन्।

तर केही देशहरुमा पुन संक्रमण बढ्दै गएको छ। यता नेपालमा केही दिन यता जारी निषेधाज्ञा केही खुकुलो बनाईएको छ । यसका बाबजुत कोरोना संक्रमण बढ्नसक्ने स्वास्थ्यविज्ञहरुले बताउँदै आएका छन् । यस्तैमा, कलाकर्मीहरुले गीत संगीत पनि कोरोना कहरमै सार्वजनिक गर्न थालेका छन् ।

त्यस्तै, शनिबार गायीक देवी घर्ती मगर र गायक कुशल बेलबासेको स्वर रहेको ‘चिया गुलियो’ साजनिक भएको छ। उक्त गीतमा शब्द तथा संगीत दुर्गा बिरहीको रहेको छ । आकाश नेपालीको एरेन्ज रहेको गीतको रेकर्डिङ भने राजु सुनामले गरेका छन् ।

निर्देशक मौसम हिमालीले निर्देशन गरेको गीतमा दिपासा बि.सी., रमेश बाबु थापा,बिशाल रायमाझी, रुपा राना, माधव श्रेष्ठ लगायत कलाकारहरुको अभिनय रहेको छ । उक्त भिडियोलाई दुर्गा पौडेलले छांयाकन गरेका हुन् भने अनिल विष्ठ प्युठानीले सम्पादन गरेका हुन्। गीतलाई आत्मा विश्वास फिल्मस प्रा.लि को युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘दुश्मन हेरेको हेरै…’ चलेपछि दुर्गेशलाई भ्याइनभ्याइ

काठमाडौँ । गायक दुर्गेश थापाले गत माघ १२ गतेदखि १९ दिन लगातार विभिन्न

महाशिवरात्रिको अवसरमा चार चलचित्रको छायाङ्कन सुरु

काठमाडौँ । महाशिवरात्रिको अवसर पारेर आज चारवटा चलचित्रको मुहुर्त तथा छायाङ्कन सुरु भएको

रोज पौडेल निर्देशित फिल्म ‘कोशेढुंगा’को शुभमुहूर्त

काठमाडौं । फिल्म ‘कोशेढुंगा’को शुभमुहूर्त गरिएको छ । ऐतिहासिक ब्लकबस्टर फिल्म ‘पूर्ण बहादुरको

‘माग्ने राजा’ तीजमा आउने

काठमाडौं । नेपाली फिल्म ‘माग्ने राजा’को आगामी हरितालिका तीजमा आउने भएको छ ।