भोकाको आँसु पुछ्दै कलाकार पल शाह



महोत्तरी । विदेशमा बस्ने नेपालीले पठाएका सहयोग कलाकार नायक पल शाहले महोत्तरीको अति विपन्न मुसहर बस्तीमा पुर्याएका छन् ।

वैदेशिक रोजगारीमा रहेका नेपालीले संयुक्त अरब इमिरेट्सबाट पठाएका सहयोग कलाकार शाहले महोत्तरीको गौशाला नगरपालिका–१० भरतपुरस्थित अति विपन्न मुसहर बस्तीमा पुर्याएका हुन् ।

कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको निषेधाज्ञाका कारण रोजगारी गुमाएर भोकभोकै बस्न बाध्य भएका सो बस्तीका १०० घर मुसहरले आइतबार कलाकार शाहबाट खाद्यान्न राहत पाएका हुन् ।

कलाकारले शाहले प्रतिपरिवार चामल २० किलोग्राम, दाल एक किलोग्राम, खानेतेल एक लिटर, नुन एक किलो, हातधुने साबुन–२ वटा, सेनिटाइजर तथा मास्कलगायत स्वास्थ्य सामग्रीसहितको राहत पोका उनीहरुलाई वितरण गरे ।

दुबईमा बस्ने दाई आशिष पुरुषसहितका सहयोगी मनले महाव्याधिको चपेटामा परेर खानै मुश्कील परेकालाई तत्काल आँसु पुछी दिन गरेका अनुरोधसहितको सहयोग रकमबाट राहत वितरण गरिएको कलाकार शाहले स्पष्ट पारे ।

भोकले स—साना नानी रुँदा नसुनेजस्तो गरेर मुण्टो फर्काउनु पर्ने अवस्था अब केही दिनलाई हराएको राहत पाउने मुसहरले बताएका छन् । “हामी भोकभोकै थियौं, नजिकका कोही आएनन्”, बस्तीकी मङ्गली सादा मुसहरले भने,“टाढाका भएपनि हिरो (नायक पल शाह) ले सम्झनु भएछ ।” अब त अवस्था दिनदिनै सामान्य बन्दै गएपछि काममा निस्कन पाउने आश बढेको उनको भनाइ छ ।

भरतपुरकै वासिन्दा वीरगञ्ज टेलिभिजनका प्रवन्धक दिपेश श्रेष्ठको समन्वयमा मुसहर बस्ती पुगेका कलाकार शाहले भोकाहरुको आँसु पुछ्न आफू आइरहने र थप सहयोग जुटाउन पहल गरिरहने बताए ।

एक साताअघि गौशाला–४ मल्हनियाँपोखरीचोकका ४३ परिवार मुसहरलाई अरब राष्ट्रतिर काममा रहेका ८० नेपाली युवाले पठाएका सहयोगले राहत बाँडिएको थियो । सो सहयोगबाट जिल्लाका १०८ परिवार गरिबलाई राहत दिने लक्ष्य रहेको समन्वयकर्ता टाइगर सेवा समाजले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘दुश्मन हेरेको हेरै…’ चलेपछि दुर्गेशलाई भ्याइनभ्याइ

काठमाडौँ । गायक दुर्गेश थापाले गत माघ १२ गतेदखि १९ दिन लगातार विभिन्न

महाशिवरात्रिको अवसरमा चार चलचित्रको छायाङ्कन सुरु

काठमाडौँ । महाशिवरात्रिको अवसर पारेर आज चारवटा चलचित्रको मुहुर्त तथा छायाङ्कन सुरु भएको

रोज पौडेल निर्देशित फिल्म ‘कोशेढुंगा’को शुभमुहूर्त

काठमाडौं । फिल्म ‘कोशेढुंगा’को शुभमुहूर्त गरिएको छ । ऐतिहासिक ब्लकबस्टर फिल्म ‘पूर्ण बहादुरको

‘माग्ने राजा’ तीजमा आउने

काठमाडौं । नेपाली फिल्म ‘माग्ने राजा’को आगामी हरितालिका तीजमा आउने भएको छ ।