सालैजो गीत ‘सँगैका साथी’ (भिडियोसहित)



गायक विष्णु खत्रीको सालैजो गीत ‘सँगैका साथी’ सार्वजनिक भएको छ । आइतबार दिउँसो सार्वजनिक भएको गीतले युट्युबमा राम्रो भ्युज बटुल्ने अपेक्षा गरिएको छ ।

विष्णु खत्री युटु्यब च्यानलबाट बजारमा ल्याइएको गीतमा गायक खत्री र जुना श्रीष मगरले स्वर दिनुभएको छ । लय, शब्द खत्री आफैँले गरेका छन् । गीतको भिडियोमा गायक खत्रीसँगै लोमश शर्मा, रुविना अधिकारी, सारिका केसी लगायतको अभिनय छ ।

सालैजो गीत भएकाले भिडियोमा धेरैलाई देखाइएको छ । कृष्ण विकको सङ्गीत संयोजन रहेको गीतलाई मारुनी डिजिटलमा रेकर्ड गरिएको हो । भिडियो निर्देशन होम गरुङले गरेका हुन् । गायकले भिडियोलाई आफ्नै जन्मस्थल बाग्लुङ गलकोटमा छायाङ्कन गरिएको बताए ।

खत्रीले लकडाउनको समयलाई उपयोग गर्दै मौलिक लोकगीत बजारमा ल्याएको जनाउँदै गीतलाई दर्शक श्रोताले रुचाउनेमा आफू आशावादी भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
केकी अधिकारीको ‘बोक्सीको घर’ प्रदर्शनमा

काठमाडौं । शुक्रबारदेखि केकी अधिकारी अभिनित ‘बोक्सीको घर’ रिलिज भएको हो । केकीको

नुरगङ्गा प्रतिभा पुरस्कार राजु परियारलाई

काठमाडौँ । नुरगङ्गा प्रतिभा पुरस्कार गुठीले एक लाख राशिको नुरगङ्गा राष्ट्रिय गायन पुरस्कार

गायनतर्फ शिव परियारलाई छिन्नलता पुरस्कार

  काठमाडौँ ।   छिन्नलता गीत पुरस्कार गुठीले विक्रम संवत् २०८० को छिन्नलता गीत

‘नमेटिने घाउ’ मा ओलीले गरे अभिनय

काठमाडौं । चलचित्र ‘नमेटिने घाउ’ को छायाँकन शुरु भएको छ । मंगलबार नेकपा