‘बाटो दैलाको पानी घैलाको’ सार्वजनिक(भिडियोसहित)



लोकप्रिय गायक युवराज आचार्यले पहिला पहिलाको मायाँ पिरती सम्झाउने सुमधुर लोक दोहोरी गीत सार्वजनिक गरेका छन् ।

नेपाली लोक दोहोरी, गीत संगितको क्षेत्रमा लोकप्रिय गायक आचार्यले फेब्रुवरी १० तारिख बाटो दैलाको पानी घैलाको बोलको गीत सार्वजनिक गरेका छन् ।

मायाँ पिरतीका रोमाञ्चक वार्तालापसँगै विगतका प्रेम सम्बन्ध र समयहरुलाई स्मरण गराएको गीतको म्यूजिक भिडियो झनै सुन्दर बनेको छ । जसमा सुनमा सुगन्ध थप्ने काम कलाकारहरु गरिमा शर्मा, लोमश शर्मा र काजिश श्रेष्ठले गरेका छन् ।

युवराज आचार्यलाई गीतमा साथ दिएकी छिन् चर्चित गायिका सुनिता बुढा क्षेत्रीले । बिदुर शर्माको गीतमा सुमधुर संगीत गायक युवराज आचार्य आफैंले भरेका हुन् ।

गीतलाई सुन्दर बनाउन अडियो भिडियो आयुस म्युजिक कम्पनीले गरेको हो भने निर्देशन काजिश श्रेष्ठ, सिनेमाटोग्राफी अर्जुन तिवारी तथा भिडियो ईडिट दिपक विष्टको रहेको छ ।म्यूजिक भिडियोलाई गायकले आफ्नै युट्युव च्यानल युवराज आचार्य मार्फत सार्वजनिक गरेका छन् ।

https://youtu.be/k0QCRXWEb0I

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘पूर्ण बहादुरको सारङ्गी’ निर्माण हुने

काठमाडौं । फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’को निर्माण घोषणा गरिएको छ । नेपाली फिल्मको

सुम्निमाको ‘तारा’ सार्वजनिक

काठमाडौँ । गायिका सुम्निमाको ‘तारा’ गीत सार्वजनिक भएको छ । के टमोटको शब्द

‘ज्वाइँ साब’ मा विल्सन विक्रम राई

काठमाडौं । नायक विल्सन विक्रम राई आफैं फिल्म निर्देशन गर्ने तयारीमा छन् ।

कृष्णदेव रुपाखेतीको निर्देशनमा ‘तिम्रो मेरो दिलको बास’

काठमाडौँ । गायक प्रमोद खरेल र गायिका अन्जु पन्तको स्वरमा रहेको ‘तिम्रो मेरो