“तिम्रो यादमा पिउने बानीले” सार्वजनिक(भिडियोसहित)



जापान । आफ्नो देशको माया र कला र संस्कृतिको जर्गेना गर्न स्वदेशमा बसेर मात्र हैन विदेशमा बसेर पनि गर्न सकिन्छ भन्ने उदाहरण पेश गर्दै जापान बस्नुभएका नेपालीहरुले आज एउटा गीतको म्युजिक भिडियो सार्वजनिक गरेका छन् ।

जापानबाट मोहनकुमार श्रेष्ठ र मनराज गुरुगंद्धारा रचित तिम्रो यादमा पिउने बानीले बोलको गीतलाई जापानका विभिन्न शहरहरुमा छायांकन गरि wave Cafe YouTube च्यानलबाट सार्वजनिक गरेका हुन ।
मनराजले संगीत दिनुभएको गीतको म्युजिक भिडियोमा विजय थापा,सोनाली परियार, बिनोद खत्री ,पवन राजा,सपना थापा ,मनोज केसी, विनम जंग खत्री र रिमा खत्रीको अभिनय रहेको छ ।

उक्त भिडियो तेजेन्द्र भण्डारी र अंजित जंग क्षेत्रीको छायांकन, सम्पादन अजित जंग क्षेत्री र कलर गोविन्द्र बिष्टले गर्नुभएको छ भने म्युजिक भिडियोको निर्देशन मनराज र विजय काजीको रहेको छ ।पवन राना मगरको स्वर रहेको उक्त गीतको म्युजिक भिडियोमा प्रेममा रम्न चाहने युवाको परिस्थितिको चित्रण गरिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘माग्ने राजा’ तीजमा आउने

काठमाडौं । नेपाली फिल्म ‘माग्ने राजा’को आगामी हरितालिका तीजमा आउने भएको छ ।

गोरखामा चलचित्र ‘पहाड’ को छायाङ्कन सुरू

काठमाडौं ।  निर्देशक तुलसी घिमिरेले चलचित्र ‘पहाड’को छायाङ्कन सुरु भएको छ । गोरखा

सेन्सर बोर्डद्वारा ‘लाज शरणम’ लाई प्रदर्शन अनुमति

काठमाडौं । नेपाली फिल्म ‘लाज शरणम’ को सेन्सर पास भएको छ । केन्द्रीय

‘गुलाम अली थ्री जनेरेशन अन वान स्टेज’ कार्यक्रम हुँदै

काठमाडौं । प्रसिद्ध पाकिस्तानी गजलकार गुलाम अलीले नेपालमा प्रस्तुति दिने भएका छन्। गजलकार