‘कस्तो होला यो रंगीन संसार….'(भिडियोसहित)



कला र गलाको सम्मान गीत संगीतको जगेर्ना गर्ने हाम्रो अभियान मूल मन्त्रका साथ सन्जालको दुनियाँमा “स्मुल र लाईन“ एप्सले संगीत क्षेत्रमा ठूलै योगदान पुर्याएको छ ।

देश तथा बिदेशका जुनसुकै ठाउँ र जस्तोसुकै परिस्थितिमा पनि ईन्टरनेटको पहुँचमा हुनेहरुले सजिलै आफ्नो आवाजलाई धेरै माझ अप्रत्यक्ष रुपमै भएपनि सुनाउन सक्ने एक सरल र सहज प्लेटफर्मको रुपमा लिन सकिन्छ । धेरैको आवाजलाई चिनाउन सफल लाईन क्षेत्रमा एक फरक धारका रुपमा शब्द सर्जक ध्रुव मग्राती भेट्टिएका छन् ।

फरक यसकारण कि सबैको चाहा गीत संगीतकै उजागर गर्ने हो तर उनले गीत संगीतका माध्यमबाट सामाजिक कार्यमा टेवा पुर्याइरहेका छन् । स्मुलमा धेरैको आवाज सुन्न सकिन्छ त्यही आवाज मध्यपनि अशक्त अपाङ्गतालाई बिशेष प्राथमिकतामा राखि आफैं शब्द सिर्जना गरि स्टुडियोसम्म पुर्याई दुई आवाजलाई चिनाउन सफल भइसकेका छन् ।

शारीरिक रुपमा अशक्त भएपनि सुरिलो आवाजले धेरैको मन जित्न सक्ने क्षमता र प्रतिभावान भएको हुँदा आफू बाटो देखाउने माध्यम मात्र बनिदिएको र अझै पनि यस्ता आवाज भएर पनि बाहिर प्रस्तुत हुन नसकेका नवप्रतिभावान व्यक्तिको खोजी र आफ्नो साथ रहिरहने ध्रुव बताउँछन् ।

केही महिनाअघि नवगायक बाबू राईको आवाजमा बाबूजीकै वास्तविकतामा आधारित रहेको “कस्तो भाग्य“गीतको अपार सफलता पछि फेरि पनि बिजेता महतो चेलीको यथार्थलाई समेट्दै आधुनिक सेन्टिमेन्टल“कस्तो होला यो रंगीन संसार ”गीत केही दिन अघि अनलाइनकै माध्यमद्वारा सार्वजनिक गरिएको छ । कृष्ण कुमार राईको संगीतमा, एरेन्ज राजु कार्कीको रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘दुश्मन हेरेको हेरै…’ चलेपछि दुर्गेशलाई भ्याइनभ्याइ

काठमाडौँ । गायक दुर्गेश थापाले गत माघ १२ गतेदखि १९ दिन लगातार विभिन्न

महाशिवरात्रिको अवसरमा चार चलचित्रको छायाङ्कन सुरु

काठमाडौँ । महाशिवरात्रिको अवसर पारेर आज चारवटा चलचित्रको मुहुर्त तथा छायाङ्कन सुरु भएको

रोज पौडेल निर्देशित फिल्म ‘कोशेढुंगा’को शुभमुहूर्त

काठमाडौं । फिल्म ‘कोशेढुंगा’को शुभमुहूर्त गरिएको छ । ऐतिहासिक ब्लकबस्टर फिल्म ‘पूर्ण बहादुरको

‘माग्ने राजा’ तीजमा आउने

काठमाडौं । नेपाली फिल्म ‘माग्ने राजा’को आगामी हरितालिका तीजमा आउने भएको छ ।