रचना रिमालको ‘आँखा झिमिक्क कति धेरै राम्री हो'(भिडियोसहित)
गायिका रचना रिमाल र गायक भविन ढुङ्गानाको स्वरमा नयाँ गीत “आँखा झिमिक्क कति धेरै राम्री हो“ रिलिज भएको छ । गायक भविन ढुङ्गानाको युट्यूब च्यानलमाफर्त सार्वजनिक गरिएको गीतको शब्द तथा सङ्गीत उत्तम कार्कीको रहेको छ । कुशल सिंहको सङ्गीत संयोजन रहेको गीत आर्टमान्डू स्टुडियोमा रेकर्ड गरिएको हो । कविता तथा गीत लेखनमा सक्रिय कार्कीले पहिलोपल्ट आफ्नो गीत रेकर्ड गराएका हुन्।