गायक लामिछानेको ‘निरकमला’ सार्वजनिक (भिडियोसहित)



लोकप्रिय गायक एवम् सर्जक सरोज लामिछानेको गीत ‘निरकमला’ सार्वजनिक भएको छ । उक्त गीतको सम्पादन अविनाश डी.सी. ले गरेका छन् । त्यस्तै गीतको शब्द संकलन अनि लय पनि स्वयम् गायक सरोज लामिछानेले नै गरेका हुन् । गीत सरोज लामिछाने नामक युट्युव च्यानल मार्फत हेर्न सकिने लामिछानेले बताउनुभयो । गीतको कोरियोग्राफरमा दिपक बी.सी. रहेका छन् भने गोविन्द पराजुली र सागर बाजुराली रिकोडिस्ट रहेका छन् ।

उक्त गीतमा लोक दोहोरी गीतका गायक सरोज लामिछानेका साथै रेखा लामाले स्वर दिएकी छन् । विराज फुयाल र सन्दिप घिमिरेले निर्देशन गरेको गीतको भिडीयोमा दिनेश थापा, राजेश ढकाल, प्रीति तामाङ, सिर्जना किराति, मनीष खड्का, सिमा भण्डारी, सुनीता अधिकारी र कृतिषा कार्कीको अभिनय हेर्न सकिनेछ ।

लामिछानेका यसअघिका चर्चित बदम खाको सुन्तला छोडाको,सालको पात हे माया,हे मेरो सानू,कोठा भाडा तिर्दिने मैले हो जस्ता थुप्रै गितले दर्शक तथा श्रोताको मन जितिसकेका छन् ।त्यस्तै दुई खोली दोभान ,का होला र सुन जस्तो पितल लगाएत थुप्रै गित हिट भएका छन् ।लामिछानेको २ सय भन्दा बढी गितहरु बजारमा आइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘माग्ने राजा’ तीजमा आउने

काठमाडौं । नेपाली फिल्म ‘माग्ने राजा’को आगामी हरितालिका तीजमा आउने भएको छ ।

गोरखामा चलचित्र ‘पहाड’ को छायाङ्कन सुरू

काठमाडौं ।  निर्देशक तुलसी घिमिरेले चलचित्र ‘पहाड’को छायाङ्कन सुरु भएको छ । गोरखा

सेन्सर बोर्डद्वारा ‘लाज शरणम’ लाई प्रदर्शन अनुमति

काठमाडौं । नेपाली फिल्म ‘लाज शरणम’ को सेन्सर पास भएको छ । केन्द्रीय

‘गुलाम अली थ्री जनेरेशन अन वान स्टेज’ कार्यक्रम हुँदै

काठमाडौं । प्रसिद्ध पाकिस्तानी गजलकार गुलाम अलीले नेपालमा प्रस्तुति दिने भएका छन्। गजलकार