माघ १ गतेदेखि ‘एउटा यस्तो प्रेम कहानी’ प्रदर्शन हुँदै



काठमाडौं । विश्वव्यापीरुपमा फैलिएको कोभिड–१९ पछि पहिलोपटक नयाँ नेपाली चलचित्र प्रदर्शन हुने भएको छ । झण्डै चार दशक नेपाली चलचित्र क्षेत्रमा नायकको भूमिकामा रहेका शिव श्रेष्ठको निर्माता रहेको ‘एउटा यस्तो प्रेम कहानी’ चलचित्र आगामी माघ १ गतेदेखि प्रदर्शन हुन लागेको हो ।

कोभिड–१९ का कारण १० महिनादेखि बन्द रहेको चलचित्र हललाई पुस २६ गते सरकारले खोल्ने अनुमति दिएसँगै श्रेष्ठ निर्माता रहेको चलचित्र प्रदर्शन गर्न लागिएको हो । निर्माता श्रेष्ठले कोभिडका समयमा बन्द रहेका हल सञ्चालनको टुङ्गो नलागेको अवस्थामा ठूलो जोखिम मोेलेर चलचित्र प्रदर्शनमा ल्याउन लागेको जानकारी दिए ।

“कोभिड–१९ को त्रासमा रहेका जनतालाई मनोरञ्जन दिने उद्देश्यले चलचित्र प्रदर्शन गर्न लागेका हौँ”, उनले भने । दर्शकको आशालाई निराशामा बदल्न नदिनका लागि चलचित्र प्रदर्शनमा ल्याउन लागेको उनको भनाइ छ । सरकारले चलचित्र हल खोल्ने वातावरण मिलाइदिएको भन्दै उनले सरकारलाई धन्यवादसमेत दिए ।

नेपाल चलचित्र निर्माता सङ्घका अध्यक्ष आकाश अधिकारीले सिङ्गो फिल्म क्षेत्रलाई बचाउनका लागि नयाँ फिल्म प्रदर्शन गर्न लागिएको बताए ।

चलचित्र निर्माण तथा सञ्चालनका लागि अपनाइने स्वास्थ्य मापदण्ड चलचित्र निर्माता सङ्घ र नेपाल चलचित्र सङ्घले सरकारलाई बुझाइसकेको उनको भनाइ छ ।

अध्यक्ष अधिकारीले लामो समय बन्द रहेको चलचित्र हल खुले पनि फिल्म उद्योगले बन्दाबन्दीको समयमा व्यहोर्नु परेको समस्याका बारेमा सरकारसँग निरन्तर छलफल भइरहेको उल्लेख गरे । हाल नेपालभर २५० भन्दा बढी चलचित्र हल सञ्चालन छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘दुश्मन हेरेको हेरै…’ चलेपछि दुर्गेशलाई भ्याइनभ्याइ

काठमाडौँ । गायक दुर्गेश थापाले गत माघ १२ गतेदखि १९ दिन लगातार विभिन्न

महाशिवरात्रिको अवसरमा चार चलचित्रको छायाङ्कन सुरु

काठमाडौँ । महाशिवरात्रिको अवसर पारेर आज चारवटा चलचित्रको मुहुर्त तथा छायाङ्कन सुरु भएको

रोज पौडेल निर्देशित फिल्म ‘कोशेढुंगा’को शुभमुहूर्त

काठमाडौं । फिल्म ‘कोशेढुंगा’को शुभमुहूर्त गरिएको छ । ऐतिहासिक ब्लकबस्टर फिल्म ‘पूर्ण बहादुरको

‘माग्ने राजा’ तीजमा आउने

काठमाडौं । नेपाली फिल्म ‘माग्ने राजा’को आगामी हरितालिका तीजमा आउने भएको छ ।