चर्चित गायिका उमा श्रेष्ठले ल्याइन् ‘मिरमिरे साइली'(भिडियोसहित)



चर्चित गायिका उमा श्रेष्ठ र अमृत खातीको नयाँ लोक दोहोरी गीत ‘मिरमिरे साइली’ डीएआर मुभिजमार्फत सार्वजनिक भएको छ । मुलको पानीले, ओ के छ त,बीउ खायो किरैले, रातो माटो लगायतका दर्जनौ गीतहरुका गायक तथा सर्जक खाती र गुराँस फुल्यो वनमा, बरको छाया, मिस कल घरी घरी लगायत दर्जनौं गीतमा आफ्नो आवाज भरिसकेकी गायिका श्रेष्ठको आवाजमा रहेको रमाइलो गीतको शब्द तथा सङ्गीत गायक खाती स्वम्ले गरेका छन् ।

बिक्रम चौहानको निर्देशनमा तयार भएको म्युजिक भिडियोमा संजिव ठकुरी र अनुपमा भण्डारीको अभिनय देख्न सकिने छ। उक्त गीतको छायाङ्कन दीपक गिरीले गरेका छन् भने सम्पादन लक्ष्मण चौहानर मिलन विश्वकर्माको रहेको छ । डिएआर मुभिजको अफिसियल च्यानलबाट सार्वजनिक गरिएको उक्त गीतमा रोमान्चक शब्द र सरल सङ्गीतको समिश्रण भित्र सङ्गीत प्रेमीहरुले भरपुर मनोरञ्जन लिन सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘आधा मुटु’ मा प्रेम, विवाह र डिभोर्सको कथा

काठमाडौं । शान्तिश्री परियार र नेत्र भण्डारीको स्वरमा नयाँ गीत ‘आधा मुटु’ आएको

‘पूर्णबहादुरको सारङ्गी’ ले १४ दिनमा कमायो २७ करोड

काठमाडौँ । लक्ष्मीपूजालाई लक्षित गर्दै यही कात्तिक १५ गतेदेखि प्रदर्शनमा आएको चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ नेपालमा

सन्तानका लागि एक आमाको त्याग समेटिएको ‘भगवान नै आमा हुन्’

काठमाडौं । नेपाली फिल्म ‘ह्रस्व दीर्घ’ को दोस्रो गीत सार्वजनिक गरिएको छ ।

यसरी बन्यो ‘रैँया चाँदीको…’

गण्डकी । चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’मा समावेश ‘रैँया चाँदीको…’ बोलको गीतलाई पनि श्रोता/दर्शकले उत्तिकै