खुले चैतदेखि बन्द सिनेमा हल



काठमाडौं । कोरोना सङ्क्रमणको जोखिमका कारण गएको चैतदेखि बन्द सिनेमा हल शुक्रबारदेखि खुलेका छन् । व्यापार व्यवसाय, विद्यालय, कलकारखाना, यातायात खुले पनि सिनेमा हल खुलाउन सरकारले चासो नदिएको भन्दै हल सञ्चालक आफैँले शुक्रबारदेखि सिनेमा हल सञ्चालन गरेका हुन् ।

विश्व स्वास्थ्य संगठन र नेपाल सरकारको निर्देशन तथा स्वास्थ्य मापदण्डअनुसार नै सिनेमा हल खुलाइएको नेपाल चलचित्र संघका अध्यक्ष मधुसुदन प्रधानले जानकारी दिए । हलमा छिर्ने बेला भीडभाड हुन नदिने, स्यानिटाइजरको प्रयोग गराउने, माक्सबिना हलभित्र जान नदिने र दुई दर्शकबीचको सिट खाली राखेर सञ्चालन गरिएको उनले बताए ।

नेपाल हल संघको निगरानीमा स्वास्थ्य मापदण्ड पालन भए नभएको पनि अनुगमन गर्ने प्रधानले जानकारी दिए । सकेसम्म हलको पूरा टिकटमध्ये ५० प्रतिशत मात्र टिकट अनलाइनबाट बेच्ने, अनलाइन सेवा नभएमा २ मिटरको दूरी कायम गरी टिकट बेच्ने, ज्वरो नाप्ने यन्त्रको प्रयोग गरी हलभित्र प्रवेश गराउने प्रावधान पनि राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘पूर्ण बहादुरको सारङ्गी’ निर्माण हुने

काठमाडौं । फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’को निर्माण घोषणा गरिएको छ । नेपाली फिल्मको

सुम्निमाको ‘तारा’ सार्वजनिक

काठमाडौँ । गायिका सुम्निमाको ‘तारा’ गीत सार्वजनिक भएको छ । के टमोटको शब्द

‘ज्वाइँ साब’ मा विल्सन विक्रम राई

काठमाडौं । नायक विल्सन विक्रम राई आफैं फिल्म निर्देशन गर्ने तयारीमा छन् ।

कृष्णदेव रुपाखेतीको निर्देशनमा ‘तिम्रो मेरो दिलको बास’

काठमाडौँ । गायक प्रमोद खरेल र गायिका अन्जु पन्तको स्वरमा रहेको ‘तिम्रो मेरो