मिलन र अमुदाको ‘देउन दिलमा दरबन्दी’ (भिडियोसहित)



भक्तपुरको सूर्यविनायक नगरपालिका–१ सिरुटारका मिलन मिश्र र अमुदा विष्टले अष्ट्रेलियाबाट म्युजिक भिडियो ‘देउन दिलमा दरबन्दी’ सार्वजनिक गरेका छन् ।

आठ वर्षदेखि अष्ट्रेलियामा बस्दै मोडलिङ र अभिनयमा सक्रिय रहँदै आएका श्रीमानश्रीमती मिलन र अमुदाले केही महिना अगाडि नेपालको एक महिनाको बसाइमा विभिन्न जिल्लामा खिचेको म्युजिक भिडियो अष्ट्रेलियाबाटै ‘मिलअमु फिल्मस्’ मार्फत सार्वजनिक गरेका हुन् ।

देवल भण्डारीको शब्द, अस्मिता अधिकारी र उमेश खत्रीको स्वर, दीपक शर्माको सङ्गीत र नरेन्द्र वियोगीको सङ्गीत संयोजन रहेको उक्त म्युजिक भिडियो उत्कृष्ट बनेको छ । युवायुवतीबीचको प्रेम र आकर्षणलाई रोमाञ्चक ढङ्गले प्रस्तुत गरिएको म्युजिक भिडियोमा मिलन र अमुदाको आकर्षक नृत्य देख्न सकिन्छ ।

रमेश मिश्र तथा शोभा मिश्र उत्पादक रहेको उक्त म्युजिक भिडियोलाई उत्सव दाहालले छायाङ्कन, केशवराज भट्टले कोरियोग्राफी, विकास दाहालले सम्पादन र प्रकाश धितालले निर्देशन गरेका छन् । यसअघि पनि मिलनले अष्ट्रेलियाको ब्रिजवेनमा रहेको पगोडा क्रियसन प्रडक्सन हाउसले निर्माण गरेको म्युजिक भिडियोमा पनि आफ्नो अभिनय प्रस्तुत गरेका छन् ।

इन्द्र आरपी र नीलिमा थापामगरको स्वर रहेको उक्त म्युजिक भिडियोले चर्चा पाएपछि मिश्रले धमाधम म्युजिक भिडियोमा अभिनय गर्न थालेका हुन् । नेपाली सिने जगत्मा आफ्नो स्थान बनाउन अष्ट्रेलिया रहँदा पनि सङ्घर्षशील मिश्रले यसअघि थुप्रै ‘सर्ट’ फिल्मदेखि चर्चित गीतको म्युजिक भिडियोमा आफ्नो अभिनय एवं नृत्य कला देखाइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कलाकारको उमेर होइन, अभिनय हेरिन्छः अभिनेता हमाल

काठमाडौँ। अभिनेता राजेश हमालले कलाकारलाई उमेरले असर नगर्ने भएकाले उसले निर्वाह गर्ने पात्र

फिल्म ‘कर्मा’को गीतमा दुर्गेशको स्वर

काठमाडौं । गायक दुर्गेश थापाले फिल्म ‘कर्मा’का लागि गीत गाएका छन् । सौरभ

‘नमूना कलेज अफ फेसन टेक्नोलजीको १९औँ ग्रेजुएसन फेसन शो’

अनुकल्पित प्रभानम् शीर्षकमा ‘नमूना कलेज अफ फेसन टेक्नोलजीको १९औँ ग्रेजुएसन फेसन शो’मा मोडलिङ

‘वसन्त’ मा मेरो देखाइ, भोगाई र अनुभवलाई समेटेको छु’

काठमाडौं  । सङ्गीतकार, गीतकार, अभिनेताका रूपमा परिचित गायक प्रकाश सपूतले निर्देशन गर्नुभएको पहिलो