‘मैसावले घाइते दिलमा आरा चलाइस्यो….'(भिडियोसहित)



गायक सत्यराज आचार्य र स्वरुपराज आचार्यको स्वर तथा संगीतमा गीत ‘मैसाव’ सार्वजनिक भएको छ । अमृत खतिवडा र सत्यस्वरुपको शब्द रचना रहेको गीतमा राज खानदानमा प्रयोग हुने उच्च आदरार्थी शब्दहरुले प्रयोग गरेको पाइन्छ । गीतमा सत्यस्वरुपले नै संयुक्त रुपमा संगीत भरेका छन् ।

संगीत संयोजन उदयराज पौडेलको छ । कैलाश राईद्वारा निर्मित भिडियोमा कोरियोग्राफी दीपकराज सुनार, सम्पादन अर्जुन जिसी, भिएफएक्स सत्यम राना, कलर रेनिष फागोको रहेको छ । कविराज गहतराजको निर्देशन रहेको म्युजिक भिडियोले पनि दरवारिया शैलीको झल्को दिन्छ । भिडियोमा नायक पल शाह दोहोरो भूमिकामा छन् । पलले राजकुमार दाजुभाइको भूमिकामा नृत्य गरेका छन् । राजकुमारीको भूमिकामा छुकिला शेर्पा छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘दुश्मन हेरेको हेरै…’ चलेपछि दुर्गेशलाई भ्याइनभ्याइ

काठमाडौँ । गायक दुर्गेश थापाले गत माघ १२ गतेदखि १९ दिन लगातार विभिन्न

महाशिवरात्रिको अवसरमा चार चलचित्रको छायाङ्कन सुरु

काठमाडौँ । महाशिवरात्रिको अवसर पारेर आज चारवटा चलचित्रको मुहुर्त तथा छायाङ्कन सुरु भएको

रोज पौडेल निर्देशित फिल्म ‘कोशेढुंगा’को शुभमुहूर्त

काठमाडौं । फिल्म ‘कोशेढुंगा’को शुभमुहूर्त गरिएको छ । ऐतिहासिक ब्लकबस्टर फिल्म ‘पूर्ण बहादुरको

‘माग्ने राजा’ तीजमा आउने

काठमाडौं । नेपाली फिल्म ‘माग्ने राजा’को आगामी हरितालिका तीजमा आउने भएको छ ।