प्रेमनाथ अधिकारीको ‘फर्किन् मेरी आमा’ लोकार्पण



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्रष्टा प्रेमनाथ अधिकारीको गीति एल्बमको ‘फर्किन् मेरी आमा’ को लोकार्पण गरेका छन् । गीति एल्बमको प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार आयोजित कार्यक्रममा विमोचन गर्दै प्रधानमन्त्री ओलीले नेपाली परम्परा र नेपाल एकीकरणका क्रममा पनि गीतका माध्यमले जनतालाई एक सूत्रमा बाँध्ने काम गर्न थालिएकामा खुशी व्यक्त गर्दै यसका पक्षमा जनतालाई निरन्तर जागरुक र सचेत गराउन आग्रह गरे ।

“सधैँ सत्यका पछि लाग्नुपर्छ । यस क्रममा एक्लै भए पनि सत्यका पछि लाग्दा अन्ततः सत्यकै विजय हुन्छ”, प्रधानमन्त्री ओलीले भने, “अतिक्रमणमा परेको नेपाली भूमि लिपुलेक, कालापानी र लिम्पियाधुरा फिर्ता भएरै छाड्नेछ ।” वर्तमान सरकारकै कार्यकालमा उक्त भूमिलाई नेपालको नक्शामा समावेश गर्ने गरी संविधान संशोधन गराइएको थियो ।

राष्ट्रिय जनसांस्कृतिक महासङ्घका नेता अधिकारी सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर) का अध्यक्षसमेत हुन् । अधिकारीले राष्ट्र, राष्ट्रियता, समृद्ध नेपाल र सामाजिक सद्भावका विषयमा रच्नुभएका लोकभाकासहितका छ गीत एल्बममा सङ्कलन गरिएका छन् ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद् डाविजय सुब्बा र प्रा केशव सुवेदीले गीतकार र गायकलाई शुभेच्छा व्यक्त गरेका थिए ।
कमला अधिकारीको निर्माण रहेको एल्बममा गायक, संकलक तथा रचनाकार अधिकारी हुनुहुन्छ । सङ्गीत संयोजन अशोक लोहरुङ राई गर्नुभएको छ भने गायनमा दुर्गा परियार र विना भट्टराईले साथ दिएका छन् ।

यसैबीच प्रधानमन्त्री ओलीसँग अभिनेत्री मनिषा कोइरालाले प्रधानमन्त्रीसँग भेट गरेकी प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
यश कुमारको नयाँ गीत ‘आँखा बन्द गरेर’

काठमाडौं । गायक यश कुमारले आफ्नो नयाँ गीत ‘आँखा बन्द गरेर’ बजारमा ल्याएका

संविधान दिवसका अवसरमा दरबारमार्गमा ‘नेसनल डे कन्सर्ट’

काठमाडौँ । संविधान दिवसका अवसरमा आज काठमाडौँको दरबारमार्गमा नागरिकस्तरबाट ‘नेसनल डे कन्सर्ट’ आयोजना

‘बेहुली फ्रम मेघौली’को ट्रेलर सार्वजनिक

काठमाडौं । नेपाली चलचित्र ‘बेहुली फ्रम मेघौली’को ट्रेलर सार्वजनिक गरिएको छ । बिहीबार

हेमन्त शर्माले ल्याए दसैं गीत

काठमाडौं । गायक हेमन्त शर्माले दसैं गीत ‘आउँथ्यो दसैं’ ल्याएका छन् । गीतमा