कराप रुम्बाको “पर्देशीको जीवन” सार्वजनिक



काठमाडौं । गायक कराप रुम्बाको “पर्देशीको जीवन” बोलको गीत सार्वजनिक भएको छ ।

पर्देशीको कथा व्यथा समेटिएको गीतमा गायक तथा संगीतकार छेडुप मोक्तानको संगीत रहेको छ भने स्वर र शब्द रुम्बा कै रहेको छ । भिडियोमा गायक करापको अभिनय देख्न सकिन्छ भने भिडियोलाई ज्ञान लामाले छायांकन गरेका हुन् भने सम्पादन सुकदेव राईले गरेका छन् ।

हाल दक्षिण कोरियामा वैदेशिक रोजगारीका क्रममा रहेका गायक रुम्बाको यस गीतले देश छोडेर पर्देशमा श्रम गरिरहेका नेपालीहरुको कथा व्यथालाई उजागर गर्न खोजेको छ । आफ्नो घरगाउँ, साथीसंगी, चाडपर्व, ती लेकबेशी गर्दा भोगेका सुखदुःख अनि हर्षोल्लास्को न्यास्रो लागिरहने पर्देशीहरुको भावनालाई यस गीतले प्रतिविम्बित गरेको छ ।

कराप रुम्बाको आफ्नै युटुब च्यानल बाट सार्वजनिक गरिएको गीतको संगीत संयोजन भने दिपेश प्रधानले गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
हेमन्त कान्छाको ‘जाउँ साइँली बेनी बजार’मा

काठमाडौँ । स्वर्गीय लोकगायक पदम विष्ट र गायिका लोचन भट्टाराईको स्वर रहेको गीत

फिल्म ‘फर्की फर्की’ को नयाँ गीत(भिडियोसहित)

काठमाडौं । फिल्म ‘फर्की फर्की’ को नयाँ गीत ‘अन्तिम माया’ सार्वजनिक गरिएको छ

श्रमिकको कथामा आधारित चलचित्र ‘लेबर’ निर्माण हुने

काठमाडौँ । एकसय ३५ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर पारेर चलचित्र ‘लेबर’ बन्ने

बेलायतमा नेपाली कन्सर्ट हुँदै

काठमाडौँ । मानवसेवा आश्रम सहयोगार्थ लोकप्रिय गायिका तथा समाजसेवी आनी छोइङ डोल्माको लाइभ