दिपेश लामाको “टिकटक २” (भिडियोसहित)



काठमाडौं । पछिल्लो चरणमा सेलो गित संगितमा नाम कमाउन सफल लोकप्रिय गायक जेबि जिम्बाको “टिकटक २” को अफिसियल म्युजिक भिडियो सार्वजनिक भएको छ।

टिकटक १ को अपार सफलता पश्चात् त्यसैको दोश्रो भाग स्वरुप भाग २ ल्याईएको हो। जिम्बाको आफ्नै शब्दमा सजिएको यस गीतमा समय सान्दर्भिक टिकटकको विषयलाई विशेष रुपमा चर्चा गरिएको छ ।

दिपेश लामाद्वारा निर्मित गीतमा मीठो स्वरकी धनी जितु लोप्चनको स्वर समेत समेटिएको छ भने दिपेश प्रधानको एरेन्ज र मिक्सिङ रहेको छ । सानुबाबु घिसिङको संगित रहेको गीत सरगम स्टुडियोमा रेकर्डिङ गरेको हो।

भाइन भिमफेदीका मिथुन लामा र बिशन लामाले कोरियोग्राफी र निर्देशन गरेको भिडियोमा लोकप्रिय मोडल द्वय निरान्जली लामा र अनिता गोलेको साथमा मोडल सुरेश लामा र समीर तामाङको उत्कृष्ट अभिनय देख्न सकिन्छ।

जिग्मे मिडियाको युट्युब च्यानल मार्फत सार्वजनिक गरेको भिडियोलाई छायांकन, सम्पादन तथा ड्रोन सुर्य लामाले गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘पूर्ण बहादुरको सारङ्गी’ निर्माण हुने

काठमाडौं । फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’को निर्माण घोषणा गरिएको छ । नेपाली फिल्मको

सुम्निमाको ‘तारा’ सार्वजनिक

काठमाडौँ । गायिका सुम्निमाको ‘तारा’ गीत सार्वजनिक भएको छ । के टमोटको शब्द

‘ज्वाइँ साब’ मा विल्सन विक्रम राई

काठमाडौं । नायक विल्सन विक्रम राई आफैं फिल्म निर्देशन गर्ने तयारीमा छन् ।

कृष्णदेव रुपाखेतीको निर्देशनमा ‘तिम्रो मेरो दिलको बास’

काठमाडौँ । गायक प्रमोद खरेल र गायिका अन्जु पन्तको स्वरमा रहेको ‘तिम्रो मेरो