रामकुमार नेपालीको ‘दसैँमा पर्खी नबस्नु आमा’ (भिडियोसहित)



काठमाडौं । नेपालीहरुको महान् पर्व दशैं तिहारको अवसरमा “दशैंमा पर्खी नबस्नु आमा” बोलको गीत सार्वजनिक भएको छ । एस मिडिया हाउस नेपाल र रेडियो नगरकोटको संयोजनमा “दशैंमा पर्खी नबस्नु आमा” बोलको गीत हालै सार्वजनिक भएको हो ।

चर्चित रियालिटी शो लोक स्टारमा चौथो स्थान हासिल गरेका गायक रामकुमार नेपालीको स्वरमा सजिएको उक्त गीतमा नेपालकै पहिलो महिला चलचित्रमा संगीत गरेकी नेपाली महिला संगीतकार रेखा पौडेलले संगीत भरेकी छन् ।

समीर लामाले निर्देशन गरेको उक्त गीतलाई सुन्दर श्रेष्ठले लेखेका हुन् । गीतको छायाँकन रेशम दर्लामीले गरेका छन् भने अहिले संसारलाई कोरोनाले छियाछिया अनि विक्षिप्त पारेको अवस्थालाई मध्यनजर राख्दै यसै घटना र अवस्थालाई आधार विदेशमा बसेका नेपालीहरुप्रति समर्पित गीतले दर्शक स्रोताको मन जित्नेमा निर्माण पक्षको विश्वास छ ।

नयाँ तथा पुराना कलाकारहरुले अभिनय गरेको गीतमा चर्चित हास्य टेलिसिरियल हर्के हल्दारका लाहुरे बा बिष्णु सापकोटा, सोही सिरियलका अर्का पात्रा शिवहरि नेपाल, झम्को इन्द्र दोङ खम्बेले पनि अभिनय गरेका छन् । मुख्य भूमिकामा पवन खतिवडा, दीपक डोटेल, सोनी खत्री, लक्की शेर्पा र गेदेन शेर्पालेसमेत भिडियोमा अभिनय देख्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
केकी अधिकारीको ‘बोक्सीको घर’ प्रदर्शनमा

काठमाडौं । शुक्रबारदेखि केकी अधिकारी अभिनित ‘बोक्सीको घर’ रिलिज भएको हो । केकीको

नुरगङ्गा प्रतिभा पुरस्कार राजु परियारलाई

काठमाडौँ । नुरगङ्गा प्रतिभा पुरस्कार गुठीले एक लाख राशिको नुरगङ्गा राष्ट्रिय गायन पुरस्कार

गायनतर्फ शिव परियारलाई छिन्नलता पुरस्कार

  काठमाडौँ ।   छिन्नलता गीत पुरस्कार गुठीले विक्रम संवत् २०८० को छिन्नलता गीत

‘नमेटिने घाउ’ मा ओलीले गरे अभिनय

काठमाडौं । चलचित्र ‘नमेटिने घाउ’ को छायाँकन शुरु भएको छ । मंगलबार नेकपा