प्रताप दास, समीक्षा अधिकारी र आयुषा गौतमको ‘सानु’



काठमाडौं । नायक आकाश श्रेष्ठ र नायिका एलिजा गौतम पहिलो पटक लोक दोहोरी गीत “सानु”मार्फत स्कृनमा देखिएका छन् । डि.ए.आर मुभिजले बजारमा ल्याएको लोक दोहोरी गीत “सानु” मा प्रताप दास, समीक्षा अधिकारी र आयुषा गौतमको स्वर रहेको छ ।

शब्द संचारकर्मी कमल सरगम, लय घमेश दुलाल, एरेन्ज कमल सौराग, रेकर्डिष्ट बिमल एरिस छिनालको छ भने स्टुडियो मालाश्रीमा रेकर्ड गरिएको हो । प्रभावन जे को निर्देशन रहेको म्युजिक भिडियोमा नायिका एलिजा गौतम, नायक आकाश श्रेष्ठको साथमा गुराँस ढकाल र दुई वर्षीया बाल कलाकार समाइरा थापाको अभिनय रहेको छ ।

गीतले लोक दोहोरी क्षेत्रमा नयाँ पुस्ता र पुरानो पुस्ताबीचको सम्बन्ध थप बलियो बनाउन मद्दत गर्ने देखिन्छ । नायक आकाश र नायिका एलिजाले संगै काम गरेको यो पहिलो गीत हो । भने आधुनिक गायकका रुपमा स्थापित प्रताप दासको पनि पहिलो लोक दोहोरी हो ।

गीतको छायांकन ज्ञानेन्द्र शर्मा हुमागाई, कोरियोग्राफ सन्तोष राजबाहक, सहायक निर्देशन राजाराम गौतम, कला मनिक पाख्रिन, प्रोडक्सन म्यानेजर विवेक चौलागाई, प्रोडक्सन कन्ट्रोलर श्याम धिताल, ड्रोन सुरेश घिसिङ र मेकअप स्वस्तिका श्रेष्ठको रहेको छ ।

लोक दोहोरी क्षेत्रका अग्रज गायक घमेश दुलाल र अन्जु पन्तको स्वरमा रहेको लोक दोहोरि गीत “भुल” पनि चाडैंनै दर्शक माझ आउने डिएआर मुभिजका संचालक सदस्य राजाराम गौतमले जानकारी दिए । गीत डिएआर मुभिजको अफिसियल च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘अञ्जिला’ आगामी माघ ११ मा रिलिज हुने

काठमाडौं । महिला राष्ट्रिय फुटबल टिमकी नम्बर एक गोलरक्षक एञ्जिला तुम्बापो सुब्बाको जीवनबाट

रंगमञ्चमा उदाएर फेरि रङ्गमञ्चमा फर्किन नसकेका रङ्गकर्मी

काठमाडौं । आज ६३औँ विश्व रङ्गमञ्च दिवस हो । रङ्गकर्मीले विभिन्न कार्यक्रम गरेर

आरजुलाई मिस ई–कलेजको ताज

सिजन मिडिया प्रालिले मङ्गलबार काठमाडौँमा आयोजना गरेको मिस ई–कलेज २०२४ का ताज आरजु

पहिलो एनिमेटेड फिल्म ‘सलीना’ को ट्रेलर सार्वजनिक

काठमाडौं । नेपालको पहिलो एनिमेटेड फिल्म ‘सलीना’ को ट्रेलर सार्वजनिक गरिएको छ ।