‘मुटुभरि देश बोकी’(भिडियोसहित)



राष्ट्रिय भावले ओतप्रोत ‘मुटुभरि देश बोकी’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतकार महेश्वर शर्माद्वारा रचित राष्ट्रिय भावले ओतप्रोत ‘मुटुभरि देश बोकी’ शीर्षकको म्युजिक भिडियो सार्वजनिक भएको हो ।

हाल अस्ट्रेलियाको सिड्नीमा बस्दै आएका शर्माको शब्दरचना रहेको यो पहिलो भिडियो हो । राष्ट्रप्रति समर्पित गीति भिडियोमा चर्चित गायक रामकृष्ण ढकाल र गायिका मेलिना राईको सुमधुर स्वर छ । भिडियोमा सुगम संगीतकार आनन्द राईले संगीत दिएका छन् भने महाराज थापाको संगीत संयोजन छ ।

कलाकार सरोज दाहाल र मोडल साक्षी लम्सालको अभिनय रहेको म्युजिक भिडियोमा रचनाकार महेश्वर शर्मा, रामकृष्ण ढकाल, मेलिना राई, आनन्द राई, सोनम पाण्डे शर्मा कृष्ण शर्मालगायतको अभिनय रहेको छ । गीतमा  युवराज वाइबाको निर्देशन रहेको भिडियोको सम्पादन विकास दाहालको हो भने छायांकन राज पोखरेल र दीपेन्द्र भट्टको रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
महाशिवरात्रिको अवसरमा चार चलचित्रको छायाङ्कन सुरु

काठमाडौँ । महाशिवरात्रिको अवसर पारेर आज चारवटा चलचित्रको मुहुर्त तथा छायाङ्कन सुरु भएको

रोज पौडेल निर्देशित फिल्म ‘कोशेढुंगा’को शुभमुहूर्त

काठमाडौं । फिल्म ‘कोशेढुंगा’को शुभमुहूर्त गरिएको छ । ऐतिहासिक ब्लकबस्टर फिल्म ‘पूर्ण बहादुरको

‘माग्ने राजा’ तीजमा आउने

काठमाडौं । नेपाली फिल्म ‘माग्ने राजा’को आगामी हरितालिका तीजमा आउने भएको छ ।

गोरखामा चलचित्र ‘पहाड’ को छायाङ्कन सुरू

काठमाडौं ।  निर्देशक तुलसी घिमिरेले चलचित्र ‘पहाड’को छायाङ्कन सुरु भएको छ । गोरखा