वरिष्ठ गीतकार अम्बिका गुरुङको ‘कति माया’ बोलको म्युजिक भिडियो सार्वजनिक



‘कति माया’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । वरिष्ठ गीतकार अम्बिका गुरुङको ‘कति माया’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको हो । सार्वजनिक गीतमा गायक सुमन केसी र गायिका प्रविशा अधिकारीको स्वर रहेको छ । गीतकार गुरुङको शब्द रहेको गीतमा चर्चित संगीतकार वसन्त सापकोटाले संगीत भरेका छन् । गीतको भिडियोमा कलाकार नाजिर हुसेन र मोडल सुशीला थापा फिर्चड छन् ।

दर्जौनौं हिट गीत दिइसकेकी उनले नेपाली गीत संगीत, साहित्य र बाल मनोविज्ञानमा कलम पनि चलाउँदै आएकी छन् । निर्देशक शान थापाको निर्देशन रहेको गीतको भिडियोलाई छायाकार बुद्ध थापाले छायाँकन गरेका हुन् भने सुप्रिम पराजुलीको सम्पादन रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
रोज पौडेल निर्देशित फिल्म ‘कोशेढुंगा’को शुभमुहूर्त

काठमाडौं । फिल्म ‘कोशेढुंगा’को शुभमुहूर्त गरिएको छ । ऐतिहासिक ब्लकबस्टर फिल्म ‘पूर्ण बहादुरको

‘माग्ने राजा’ तीजमा आउने

काठमाडौं । नेपाली फिल्म ‘माग्ने राजा’को आगामी हरितालिका तीजमा आउने भएको छ ।

गोरखामा चलचित्र ‘पहाड’ को छायाङ्कन सुरू

काठमाडौं ।  निर्देशक तुलसी घिमिरेले चलचित्र ‘पहाड’को छायाङ्कन सुरु भएको छ । गोरखा

सेन्सर बोर्डद्वारा ‘लाज शरणम’ लाई प्रदर्शन अनुमति

काठमाडौं । नेपाली फिल्म ‘लाज शरणम’ को सेन्सर पास भएको छ । केन्द्रीय