नायिका शुभेच्छाको समाजसेवी मन



काठमाडौँ । नेपाली चलचित्र क्षेत्रमा सधै चर्चामा रहने नायिका, निर्मात्री तथा चलचित्र लेखिका शुभेच्छा थापा समाजसेवामा समेत त्यतिकै सक्रिय छिन् । दर्जनौ चलचित्र, म्युजिक भिडियो तथा टेलिचलचित्रहरुमा दमदार अभिनय प्रस्तुत गरेर नेपाली दर्शकहरुको मन जित्न सफल नायिका अहिले सामाजिक कार्य मार्फत पनि हजारौं पिडितहरुको सहारा बनेकी छिन् । समाजसेवाको माध्यमबाट अनाथ, असाहय, निम्नबर्गका देखि बृद बृदाहरुको सेवामा निरन्तर लागि परेर जनताको सेवामा समर्पित रहदै आएकी चर्चित नायिका थापा हजारौं भोका पेटहरुलाई राहत वितरण गर्न ब्यस्त छिन् ।

चिनको वुहान बाट सुरु भएर विश्वभर महामारीको रुपमा फैलिएको कोभिड १९ कोरोना भाईरसको कारणले संसारका मानबजाति भयभित भएका छन् । नेपाल जस्तो गरिब मुलुकमा झन् यसको असर बढी परेको छ । लामो समयको लकडाउनको कारणले गर्दा नेपालमा दैनिक मजदुरी गर्ने श्रमिक, पिडत नागरिक, राहत बिहीन र अनाथ असाहयहरुले दुई छाक खान समेत नपाईरहेको अबस्थामा नायिका शुभेच्छा थापा स्वास्थ्य सामाग्री वितरण देखि राहत वितरण तथा भोका पेटलाई खाना खुवाउँने कार्यमा सक्रिय रहदै आएकी छिन् ।

भर्खरै मात्र उनले सहयोगि आत्मा निर्भर अनाथ आश्रमलाई १ बर्ष सम्म १० जना बालबालिकालाइ पढ्ने खर्च र खाद्यान्न राहत सामाग्री समेत उनले संस्थाकी अध्यक्ष राधा सुवेदीलाइ हस्तान्तरण गरेकी छिन् । सानै देखि रंगमञ्चवाट आफ्नो कलाकारिता यात्रा सुरु गरेकी नायिका थापा नेपाली चलचित्र उधोगमा सर्बाधिक चर्चाको शिखरमा पुग्ने नायिकाको रुपमा स्थापित भएकी छिन् । लगनशिलता र परिश्रममा विश्वास गर्ने नायिका थापा लामो समय देखि सामाजिक कार्यमा सक्रिय रहेकी छिन् ।

गरिब दुखिको ढुकढुकी र मानबजातीको प्रेरणाका श्रोत बनेकी चर्चित नायिका शुभेच्छा थापा दैनिक रुपमा सेवा कार्यमा जुटिरहेका छन् । उनि कहिले विभिन्न स्थलमा गएर सहयोगी हातहरु बढाईरहेकि हुन्छिन भने कहिले पिडितहरुको घरमा पुगेर खाद्यान्न राहत स्वरुप वितरण गरिरहेकि हुन्छिन् । लकडाउन सुरु भए संगै राहत वितरणमा जुटेकी समाजसेवी शुभेच्छा थापा सम्पूर्ण नेपाली बीच लोकप्रिय भएकी छिन् । भोका जनताहरुलाइ पेट भरि खुवाउँन पाउदा तथा राहतबिहिन जनताहरुलाई राहत वितरण गर्न पाउँदा आत्मासन्तुष्टि मिल्ने कुरा नायिका तथा समाजसेवी थापा बताउँछिन् । धन भएर मात्र सामाजसेवा गर्न नसकिने भन्दै सम्पूर्ण नेपाली नागरिकलाइ यस संकटको घडिमा एकजुट भएर सामाजिक कार्यमा हातेमालो गर्न नायिका शुभेच्छा थापाले अनुरोध समेत गरेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चर्चामा चलचित्र ‘ज्वाइँ साब’

काठमाडौं । वसन्त निरौलाको निर्देशनमा बनेको चलचित्र ‘ज्वाइँ साब’ अहिले चर्चामा छ। चलचित्रको

दरबारमार्गमा ‘नेसनल डे कन्सर्ट’ हुने

  काठमाडौँ । संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा आगामी असोज ३ गते

‘होस्टेल ३’ को शुभमुहूर्त

काठमाडौं । नेपाली फिल्म ‘होस्टेल ३’ को छायाँकन सुरु भएको छ । आइतबार

शान्तिश्रीको ‘मनको शान्ति’

काठमाडौं । दोहोरी गायक अमृत अधिकारीले ‘मनको शान्ति’ बोलको गीत ल्याएका छन् ।