‘नेपाललाई माया गरौं ’गीतको भिडियो सार्वजनिक



राजधानीको रातोपुलस्थित रकहाउस क्याफे एन्ड पार्टी प्यालेसमा ‘नेपाललाई माया गरौं…’ सार्वजनिक भएको छ । गीतकार शोभा केसीको राष्ट्रिय गीत ‘नेपाललाई माया गरौं…’ सार्वजनिक भएको हो । शनिबार एक समारोहको आयोजनाबीच गीतको भिडियो सार्वजनिक गरिएको छ ।
आनन्द कार्की र विमला राईको स्वर रहेको गीतको भिडियोलाई मन्जिल श्रेष्ठले निर्देशन गरेका छन्। गीतको भिडियोमा विभिन्न देश विदेशमा बस्ने वरिष्ठ कलाकारदेखि समाजमा योगदान र्पुयाएका व्यक्तित्वहरुको अभिनय रहेको छ ।स्रमाट थापाको सङ्गीत रहेको गीतमा श्याम रायमाझी र जयराम थापाको छायाँकन रहेको छ। गीतको भिडियोलाई विदेशका विभिन्न भाग र नेपालमा छायाँकन गरिएको छ ।
साहित्यकार खेमनाथ दाहाल, दामोदर न्यौपाने, लेखनाथ पोखरेललगायत सञ्चारकर्मीको बाक्लो उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘माग्ने राजा’ तीजमा आउने

काठमाडौं । नेपाली फिल्म ‘माग्ने राजा’को आगामी हरितालिका तीजमा आउने भएको छ ।

गोरखामा चलचित्र ‘पहाड’ को छायाङ्कन सुरू

काठमाडौं ।  निर्देशक तुलसी घिमिरेले चलचित्र ‘पहाड’को छायाङ्कन सुरु भएको छ । गोरखा

सेन्सर बोर्डद्वारा ‘लाज शरणम’ लाई प्रदर्शन अनुमति

काठमाडौं । नेपाली फिल्म ‘लाज शरणम’ को सेन्सर पास भएको छ । केन्द्रीय

‘गुलाम अली थ्री जनेरेशन अन वान स्टेज’ कार्यक्रम हुँदै

काठमाडौं । प्रसिद्ध पाकिस्तानी गजलकार गुलाम अलीले नेपालमा प्रस्तुति दिने भएका छन्। गजलकार