टेलर स्वीफ्ट पुरुषको भेषमा



आफ्नो नयाँ गीतको म्यूजिक भिडियोमा टेलर स्वीफ्टले सिगार पिउने र वयस्क मनोरञ्जन स्थलहरू चहार्ने पुरुषको भूमिका खेलेकी छन्।

‘द म्यान’ अर्थात पुरुष शीर्षकको सो गीत उनको सातौँ एल्बम ‘लभर’मा समावेश छ जुन उनले गत वर्ष ‘बिग मशिन’ कम्पनीसँगको सम्झौता तोडेपछिको पहिलो एल्बम हो।

सङ्गीत उद्योगमा रहेका पुरुषहरूमाथि भिडियो लक्षित छ। विशेषगरी गत वर्ष स्वीफ्टका सबै पुराना गीतहरूको अधिकार किनेका स्कूटर ब्राउनतर्फ उक्त भिडियो लक्षित भएको बताइएको छ।

सो भिडियोको निर्देशक, निर्माता र मालिक स्वीफ्ट भएको कुरामा जोड दिइएको छ। भिडियोमा प्रमुख पात्र भूमिगत रेलको भित्तामा शौचालय गर्न रोकिन्छ। त्यो भित्तामा ‘बिग मशिन’ले निर्माण गरेका स्वीफ्टका पुराना छ अल्बमका नामहरू रङ्ग्याएको देखिन्छ।

सो भित्तामा एउटा पोस्टर टाँसिएको छ जसमा लेखिएको छ: “हराइरहेको छ। फेला परेमा टेलर स्वीफ्टलाई फिर्ता गर्नु होला।” त्योसँगै “स्कूटर निषेध” संकेत छ।

गएको जुनमा ३० करोड अमेरिकी डलरमा ‘बिग मशिन’ किनेपछि ब्राउनमाथि आफ्नो साङ्गीतिक इतिहासलाई ध्वस्त पार्न खोजेको स्वीफ्टले आरोप लगाउँदै आएकी छन्।

गएको नोभेम्बरमा स्वीफ्टले ‘ब्राउन’ र ‘बिग मशिन’का संस्थापक स्कट बोर्चेटाले अमेरिकन म्यूजिक अवार्ड्समा आफ्ना पुराना गीतहरूको रिमिक्स गाउन रोक्न खोजेको दाबी गरेकी थिइन्। उनीहरूले त्यो दाबी अस्वीकार गरेका थिए र स्वीफ्टले रिमिक्स गाएकी थिइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘माग्ने राजा’ तीजमा आउने

काठमाडौं । नेपाली फिल्म ‘माग्ने राजा’को आगामी हरितालिका तीजमा आउने भएको छ ।

गोरखामा चलचित्र ‘पहाड’ को छायाङ्कन सुरू

काठमाडौं ।  निर्देशक तुलसी घिमिरेले चलचित्र ‘पहाड’को छायाङ्कन सुरु भएको छ । गोरखा

सेन्सर बोर्डद्वारा ‘लाज शरणम’ लाई प्रदर्शन अनुमति

काठमाडौं । नेपाली फिल्म ‘लाज शरणम’ को सेन्सर पास भएको छ । केन्द्रीय

‘गुलाम अली थ्री जनेरेशन अन वान स्टेज’ कार्यक्रम हुँदै

काठमाडौं । प्रसिद्ध पाकिस्तानी गजलकार गुलाम अलीले नेपालमा प्रस्तुति दिने भएका छन्। गजलकार