‘पर्खी बसे फर्की आउँछु’ को शीर्ष गीत रेकर्डिङ



नेपाली कथानक चलचित्र ’पर्खी बसे फर्की आउँछु’ को शीर्ष गीत रेकर्डिङ भएको छ । प्रस्तुत शीर्ष गीतमा प्रेम परियार र सवनम आचार्यको स्वर, सुन्दर पन्तको शब्द र वसन्त सापकोटाको संगीत रहेको छ । राजबहादुर सानेको निर्देशनमा बनेको यस चलचित्रको छायांकन दाङमा सुरु हुदै राजधानीमा समेत भएको छ ।

रोशनकुमार थापा प्रस्तुतकर्ता रहेको चलचित्रमा खेमराज विक कार्यकारी निर्माता रहेका छन् । यमकान्त भण्डारी निर्माता र एकराज थापा सहनिर्माता रहेको चलचित्र लभ स्टोरी जनरामा बनेको हो । चलचित्रमा प्रेम परियार, समीक्षा बस्नेत, देव सागर, पदम तामाङ, सुशील गौतम, सुशील पोखरेल,हिउवाला गौतम, दीपक थापा, शुभम् गौतम, डा.लोकराज पराजुली, हेमराज बीसीलगायतका कलाकारको अभिनय रहनेछ । अपांगता भएकी युवतीको रहर र जीवन संघर्षको कथा चलचित्रले बोल्ने छ ।

चलचित्रमा कविराज गहतराज, रामजी लामिछाने, राजकुमार वैश्य र राजन महर्जनको कोरियोग्राफी रहेको छ भने चलचित्रमा वसन्त सापकोटा, सगै एलिस कार्की, कृष्ण भारद्वाज र कर्साङ लामाको पनि संगीत रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘माग्ने राजा’ तीजमा आउने

काठमाडौं । नेपाली फिल्म ‘माग्ने राजा’को आगामी हरितालिका तीजमा आउने भएको छ ।

गोरखामा चलचित्र ‘पहाड’ को छायाङ्कन सुरू

काठमाडौं ।  निर्देशक तुलसी घिमिरेले चलचित्र ‘पहाड’को छायाङ्कन सुरु भएको छ । गोरखा

सेन्सर बोर्डद्वारा ‘लाज शरणम’ लाई प्रदर्शन अनुमति

काठमाडौं । नेपाली फिल्म ‘लाज शरणम’ को सेन्सर पास भएको छ । केन्द्रीय

‘गुलाम अली थ्री जनेरेशन अन वान स्टेज’ कार्यक्रम हुँदै

काठमाडौं । प्रसिद्ध पाकिस्तानी गजलकार गुलाम अलीले नेपालमा प्रस्तुति दिने भएका छन्। गजलकार