फिल्म ‘सेन्टी भाइरस’ले एक करोड १५ लाख कमाए



काठमाडौं । रामबाबु गुरुङले निर्देशन गरेको फिल्म ‘सेन्टी भाइरस’ले रिलिज नहुँदै एक करोड १५ लाख कमाएको छ । फिल्मको अन्तर्रा्ष्ट्रिय वितरण अधिकार एक करोड १५ लाख रूपैयाँमा बिक्री भएको हो ।यसबाट भएको नाफाको ५० प्रतिशत चितवनमा निर्माणाधीन गौतमबुद्ध अन्तर्रा्ष्ट्रिय क्रिकेट रंगशालामा खर्च गरिने घोषणा गरिएको छ ।

फिल्मलाई अमेरिकाको नेप्सिने कम्पनीले महँगोमा किनेको हो । यो फिल्म फागुन ९ गते रिलिज हुँदै छ । यो फिल्ममा सीताराम कट्टेल ‘धुर्मुस’, कुञ्जना घिमिरे ‘सुन्तली’, दयाहाङ राई, विल्सनविक्रम राई, बुद्धि तामाङ, राजाराम पौडेललगायतका कलाकारले अभिनय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘माग्ने राजा’ तीजमा आउने

काठमाडौं । नेपाली फिल्म ‘माग्ने राजा’को आगामी हरितालिका तीजमा आउने भएको छ ।

गोरखामा चलचित्र ‘पहाड’ को छायाङ्कन सुरू

काठमाडौं ।  निर्देशक तुलसी घिमिरेले चलचित्र ‘पहाड’को छायाङ्कन सुरु भएको छ । गोरखा

सेन्सर बोर्डद्वारा ‘लाज शरणम’ लाई प्रदर्शन अनुमति

काठमाडौं । नेपाली फिल्म ‘लाज शरणम’ को सेन्सर पास भएको छ । केन्द्रीय

‘गुलाम अली थ्री जनेरेशन अन वान स्टेज’ कार्यक्रम हुँदै

काठमाडौं । प्रसिद्ध पाकिस्तानी गजलकार गुलाम अलीले नेपालमा प्रस्तुति दिने भएका छन्। गजलकार