मिस नेपाल युरोप निरुषा खत्री



बेल्जियमको लुभेन सहरमा आयोजित कार्यक्रममा मिस नेपाल युरोप २०२० को ताज फिनल्यान्ड निवासी निरुषा खत्रीले जितेकी छन् । युरोपका विभिन्न देशका १२ जना प्रतिस्पर्धीलाई उछिन्दै खत्रीले उपाधि जितेकी हुन ।

उनलाई मिस नेपाल २०१९ अनुष्का श्रेष्ठले ताज पहिर्‍याईकी छन । फस्ट रनरअपको उपाधि आयरल्यान्डकी संगीता थापाले जितिन् । सेकेन्ड रनरअपको उपाधि बेल्जियमकी ज्योति भट्टले हात पारिन । आयोजक ड्रिम्स नेपालकी संस्थापक योगिता थापा र हिडेन ट्रेजरका अध्यक्ष दिवाकर राजकणिर्कारबीच भएको सम्झौताअनुसार मिस नेपाल, युरोपको उपाधि विजेता खत्री नेपालमा आयोजना हुने मिस नेपालको फाइनल राउन्डमा सोझै प्रवेश पाउनेछिन् ।

ड्रिम्स नेपाल बेल्जियमकी अध्यक्ष योगिता थापाले पहिलो पटक आयोजना गरिएको मिस नेपाल युरोप भव्य रूपमा सम्पन्न हुँदा आफू अत्यन्त उत्साहित भएको बताइन् । कार्यक्रममा युरोपका विभिन्न देशका प्रतिस्पर्धीले भाग लिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘माग्ने राजा’ तीजमा आउने

काठमाडौं । नेपाली फिल्म ‘माग्ने राजा’को आगामी हरितालिका तीजमा आउने भएको छ ।

गोरखामा चलचित्र ‘पहाड’ को छायाङ्कन सुरू

काठमाडौं ।  निर्देशक तुलसी घिमिरेले चलचित्र ‘पहाड’को छायाङ्कन सुरु भएको छ । गोरखा

सेन्सर बोर्डद्वारा ‘लाज शरणम’ लाई प्रदर्शन अनुमति

काठमाडौं । नेपाली फिल्म ‘लाज शरणम’ को सेन्सर पास भएको छ । केन्द्रीय

‘गुलाम अली थ्री जनेरेशन अन वान स्टेज’ कार्यक्रम हुँदै

काठमाडौं । प्रसिद्ध पाकिस्तानी गजलकार गुलाम अलीले नेपालमा प्रस्तुति दिने भएका छन्। गजलकार