‘झ्याम्मै आँखा झ्याम्मै’ गीत सार्वजनिक



फिल्म ‘साङ्लो’ को दोस्रो ‘झ्याम्मै आँखा झ्याम्मै’ बोलको गीत सार्वजनिक भएको छ ।अभिनेता विराज भट्ट निर्दे्शित तथा अभिनीत फिल्म ‘साङ्लो’ को दोस्रो गीत सार्वजनिक भएको हो । आइतवार ‘चरीले काफल’ बोलको गीत र एक्सनले भरिएको ट्रेलरले दर्शकबाट पाएको सकारात्मक प्रतिक्रियापछि निर्माण टिमले फिल्मको डान्सिङ नम्बरको ‘झ्याम्मै आँखा झ्याम्मै’ बोलको गीत सार्वजनिक गरेको छ ।

निशान भट्टराई र अञ्जु पन्तको स्वर रहेको गीतमा पुराना संगीतकार सुरेश अधिकारीले संगीत भरेका छन् । गीतका शब्द सृजना गायक भट्टराई आफैंले गरेका हुन् । रामजी लामिछानेको डान्स कोरियोग्राफी रहेको गीतको भिडियोमा विराज र निकिताको डान्सले धेरैको ध्यान खिच्छेको छ ।

रफ(टफ पहिरनमा देखिएका विराज र बोल्ड अवतारमा प्रस्तुत निकिताको केमेस्ट्री सुहाएको देखिन्छ । यो गीतको छायांकन केही दिनअघि मात्र काठमाडौंमा गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘माग्ने राजा’ तीजमा आउने

काठमाडौं । नेपाली फिल्म ‘माग्ने राजा’को आगामी हरितालिका तीजमा आउने भएको छ ।

गोरखामा चलचित्र ‘पहाड’ को छायाङ्कन सुरू

काठमाडौं ।  निर्देशक तुलसी घिमिरेले चलचित्र ‘पहाड’को छायाङ्कन सुरु भएको छ । गोरखा

सेन्सर बोर्डद्वारा ‘लाज शरणम’ लाई प्रदर्शन अनुमति

काठमाडौं । नेपाली फिल्म ‘लाज शरणम’ को सेन्सर पास भएको छ । केन्द्रीय

‘गुलाम अली थ्री जनेरेशन अन वान स्टेज’ कार्यक्रम हुँदै

काठमाडौं । प्रसिद्ध पाकिस्तानी गजलकार गुलाम अलीले नेपालमा प्रस्तुति दिने भएका छन्। गजलकार